AnonymousUser

Logout

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ।

काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

एनपीएलमा बुधबारको दोस्रो खेलमा काठमाडौँले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।

‘टहरो भत्काइदिए, ठेला खोसे, अझै लखेटिरहन्छन्’

फूलमाया तामाङ रामेछापबाट साढे तीन दशकअघि काठमाडौँ आइन् र सानोतिनो व्यापारमा लागिन्। टहरोको व्यापार ठेलागाडा हुँदै थमर्सको चियामा खुम्चिएको छ। त्यही थर्मस जोगाउन पनि प्रहरीसँग लुकामारी चल्छ।

बझाङको रायल केन्द्रविन्दु भएर भूकम्प

बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायल आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

सुदूरपश्चिमसँग जनकपुर ७२ रनले पराजित

सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो।

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो।

अमेरिकाले रुसको जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो।

एनपीएलः आज पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।

विद्यमान वैकल्पिक उपचार पद्धति: दुरुपयोग र सुधारका कुरा

सरकारी वैद्यखानाले समेत राम्रो उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरीङ प्राक्टिस/जीएमपी) लागु गर्न सकेको छैन। यसले गर्दा वैद्यखानाले उत्पादन गरेका विभिन्न औषधिको निर्यातमा समस्या हुने गर्छ।

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

ढोरपाटनमा जंगली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, काठमाडौँ उपत्यकामा चिसो बढ्यो

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।

भन्सार छलीको गाडी प्रयोगको आरोपमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसहित तीन जनाबाट भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

दुई दिनको हिमपात भएपछि सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।

यस्तो छ बीआरआई फ्रेमवर्क सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहकार्यको फ्रेमवर्क सम्झौता परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।

अदालतको अवहेलना मुद्दामा रास्वपा नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका सांसदसहित केन्द्रीय पदाधिकारीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

कार्यदल गठन गर्ने सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय  

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ।

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट

हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा समेत प्रभाव पारेको छ। महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन्।

मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन

सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्।

धनुषा र महोत्तरीमा गहुँखेतीका लागि डीएपी मल अभाव

पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।