रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।
दुई महिनाको अवधिमा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ। भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ।
बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २० जना घाइते भएका छन्।
विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।
समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।
सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।
श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनमा मतदान गरेका थिए।
जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो। दैनिक सरदर ४०० बिरामीले सेवा लिने गरेका छन्।
वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे।
दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।
समाधानको बाटोमा केही राम्रो त भएकै छैन तर ओठे चिन्तासमेत प्रकट हुन छाडेको छ। मोदी अहिले राज्यबाट पूर्ण रूपमा हराएका छन्, जसरी उनका भाषणबाट राज्य हराएको छ।
मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको छ।
कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।