AnonymousUser

Logout

नेपालगन्जमा पहिलोपटक रात्रि दौड: पाल र साहुले जिते उपाधि  

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका छन्।

संविधानभित्र नेपालीको स्वास्थ्य

निरक्षर आमाका पाँच वर्षमुनिका हजारमध्ये ५० बालबालिकाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाको पाँच वर्षमुनिका हजारमध्ये ६ जनाको मात्रै मृत्यु हुने गरेको छ।

पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि कञ्चनपुरका किसान चिन्तित

अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्‍याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।

कोशी, बागमती, कर्णाली र गण्डकीमा वर्षाको सम्भावना

कोशी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। 

काठमाडौँमा घटस्थापनाअघि मेलम्चीको पानी वितरण गर्ने तयारी

बर्खा याम शुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण असार १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो।

बांग्लादेशबाट काँकडभिट्टा नाका हुँदै ६६ करोडको सामान आयात, ९ करोडको निर्यात

बांग्लादेशमा दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ बराबरको खुदो निर्यात भएको छ। 

धरहरा चढ्न आइतबारसम्मकै लागि टिकट ‘बुक’

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार धरहरा चढ्न आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ।

नेपाल वायुसेवा सुधार्न सरकारले मागेर थन्क्याएका प्रतिवेदन: २३ वर्षमा ७ समिति, सबैका सुझाव उस्तै

वायुसेवा निगम सुधारका लागि समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने क्रम २०५८ सालदेखि निरन्तर चलिरहेको छ। अहिलेसम्म बनेका सात समितिले दिएका तर कार्यान्वयन नभएका निगम सुधारका सुझाव प्रायः उस्तै छन्।

सुनुवाइ समितिबाट प्रस्तावित १६ राजदूत अनुमोदित, ४ जनाको नाममा रास्वपा–जसपा नेपालको असहमति

कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको समिति सदस्य महेश बर्तौलाले बताए।

राष्ट्रिय झन्डाले ढपक्कै दरबारमार्ग (तस्वीरहरू) 

संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’ हेर्नका लागि हजारौँ मानिसहरू दरबारमार्ग क्षेत्रमा जम्मा भएका छन्।

६३ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ।

संविधान दिवस

टुँडिखेलमा मनाइयो संविधान दिवस\r\n

नेपालको संविधान जारी भएको दिनको खुशीयालीमा बिहीबार संविधान दिवस मनाइँदै छ। दिवसका अवसरमा देशभर तथा विदेशस्थित नेपाली नियोगहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ। नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यो नेपालको सातौँ संविधान हो। 

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि हेजबुल्लाह अस्तव्यस्त 

हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो लहरले यो समूहलाई अस्तव्यस्त बनाएको छ।

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको घुइँचो

भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

‘यो संविधान नै नभए के हुन्छ…?’

पहिले १४ प्रान्त रहेको भारतमा आज  ३० वटा छन्। यसको अर्थ भारत अहिले पनि आफ्नो संघीयताको आकारप्रकार र नामकरण मिलाइरहेको छ। अझै पनि सो विषय ‘सेटल’ भइसकेको छैन।

विभेदविरुद्ध दलितका लागि दलित अभियानको प्रदर्शन (तस्वीरहरू)

दलितका लागि दलित अभियानले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ।

दरबारमार्गमा हुने कन्सर्टमा ५ हजार सुरक्षाकर्मी परिचालित

‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र  प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको हो।

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चार वर्षदेखि मानव अधिकार आयोगले लुकाइरहेको त्यो प्रतिवेदन

प्रहरीले 'फेक इन्काउन्टर' गरेर नागरिकको हत्या गरिरहेको भन्दै लगातार उजुरी आउन थालेपछि मानव अधिकार आयोगले चार वर्षअघि छानबिन समिति बनाएको थियो। तर समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।