AnonymousUser

Logout

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभरि बालुवाको उरुङ

सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ।

प्राचीन सभ्यताको झल्को दिने ‘जोङ’ गुफा

भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्‍याङ छ।

संविधान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ।

संविधान संशोधन: महत्त्वपूर्ण तर अन्तिम मौका!

संविधान संशोधनले संघीय प्रणाली सुदृढ गर्न सक्यो र नागरिकको आशा जगाउन सक्यो भने परिवर्तित राजनीतिक प्रणाली कार्यान्वयनमा राजनीतिक नेतृत्वका कैयन् खत माफ हुन सक्छन्। 

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी र बागमतीका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

ओमानसँग नेपाल १ विकेटले पराजित

जितका लागि २२१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर २२३ रन बनायो।

पर्व

सर्वसाधारणका लागि खुल्ला हुँदै धरहरा

धरहरा बिहीबार संविधान दिवसको अवसर पारी सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार पुनः उद्घाटन हुन लागेको हो।  २०७८ वैशाख ११ गते प्रधानमन्त्रीका रूपमा  केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए भने बिहीबार पनि  पुनः उनैले धरहराको उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुल्ला गरिने भएको हो। २०७२ सालमा भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माण गर्न एक दशक लाग्यो। धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै टिनको छाना हालेर राखिएको छ। यो आयोजना पुनर्निर्माण प्राधिकरणको समय सीमाभित्र सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय मातहत शहरी विकास तथा भवन निर्माण विभागबाट कार्यान्वयन भइरहेको छ। तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी

सरकारले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनमा लैजाने

मन्त्रिपरिषद्ले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान

जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९.१९ प्रतिशत मतदान भएको छ।

सरकारले ‘स्क्याम’ बनाएको तारागाउँ जग्गा प्रकरण

३१ वर्षदेखि निरन्तर गिजोलिइरहेको तारागाउँ जग्गा प्रकरणको अन्तर्यमा सरकार र उसकै निकाय जोडिन्छन्। यो प्रकरण छानबिनका लागि गठित सरकारी तथा संसदीय समितिहरू ती सबैमा आँखा चिम्लिदिएका छन्।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत, दल दर्ता असोज १० गतेदेखि

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

महाकाली राजमार्गमा सुख्खा पहिरो, सवारी आवागमन ठप्प

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

नेप्से परिसूचकमा ४ अंकको गिरावट, ५ अर्बको कारोबार

बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।

संस्कार

पशुपतिमा पितृ पूजा

सोह्रश्राद्ध अर्थात् पितृपक्ष शुरू भएको छ। दिवंगत पितृलाई हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। सोह्रश्राद्धको पहिलो दिन बुधबार पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरूको भिडभाड छ।तस्वीर: नेपाल फोटो लाइब्रेरी

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।

उपराष्ट्रपति कार्यालयमा कर्मचारीः स्थायी दरबन्दीभन्दा सचिवालयमा धेरै, अधिकांश फुर्सदिला

उपराष्ट्रपति कार्यालयका लागि मासिक ४५ लाख रुपैयाँ खर्च भइरहेको छ। तर राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण र अन्य महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिलाई नियमित जिम्मेवारी छैन।

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

‘यागी’ चक्रवातका कारण दक्षिणपूर्वी एशियाका ६० लाख बालबालिका प्रभावित: युनिसेफ

भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।

बझाङको माझीगाउँ केन्द्र भएर भूकम्प

बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।