बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी गाँजासहित पक्राउ परेका छन्।
सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० कायम भएको छ।
देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य संघसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाउने प्रचलन छ।
नेपालमा अन्यत्र असफल वा योग्यता मापन हुने क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेका व्यक्तिले धेरैजसो राजनीति हाँक्ने गरेका छन्। गम्भीर आरोप र असुली धन्धामा लागेकासमेत निर्धक्क राजनीतिमा छन्।
देशभर मनसुनी वायु तथा पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो।
पर्व
हनुमानढोका दरबार क्षेत्र जात्रामय भएको छ। आइतबार काल भैरवको मूर्ति अगाडि लिंगो ठड्याइएपछि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू भएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ। आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।
सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको सिफारिसलाई लिएर आ–आफ्नै दाबी र तर्क चलिरहेका छन्। समितिको सिफारिसले यो प्रकरणमा केन्द्रीय पात्र रहेका रविलाई सजिलो बनायो कि झन् अप्ठेरो?
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
काठमाडौँ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जिम्मेवार देखिएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ।सहकारी ठगीसम्बन्धी छानबिनका …
अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर वर्तमान सरकारले बजेट ल्याएको हो।
उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ।
जात्राको अन्तर्य बुझ्ने उमेर भएसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका उनीसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनमा तल्लीन हुन्छन्।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ।
प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सात वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ।
समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गरी असोज १५ भित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ।
‘कहिलेकाहीँ सुनिन्छ– काम नपाएकाहरू माइतीघरमा बसेर चिच्याइरहेका छन्। त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूले लडेर ल्याएको अधिकार हिजो खिसिट्युरी गर्नेहरूले पनि उपभोग गर्न पाउँछन्।’