AnonymousUser

Logout

नेप्से परिसूचक ५७ अंकले घट्यो, साढे ७ अर्बमा खुम्चियो कारोबार रकम

सोमबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा पेश गर्‍यो प्रतिवेदन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा पेश भएको सहकारी ठगीसम्बन्धी छानबिन प्रतिवेदनलाई आवश्यक कामकारबाहीका लागि सरकारसमक्ष पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी संक्रमित

पछिल्लो तीन महिनामा डेंगी संक्रमणदर ह्वात्तै बढेको र समयमै जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपाली बताउँछन्।

राष्ट्रियसभाका नवनिर्वाचित २ जना समिति सभापतिले लिए शपथ‍

विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।

इन्द्रजात्राको अवसरमा कुमारीहरूको सामूहिक पूजा

काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटना बढे

यो वर्ष अहिलेसम्म मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ। 

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ।

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्‍यो’

स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ।

विश्वकप लिग-२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।

डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, सन्दिग्ध पक्राउ

घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।

इंग्लिस प्रिमियर लिग: आर्सनल र न्युकास्टल विजयी

आर्सनलले टोटनह्याममाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ।

समता आन्दोलन: सहकार्य गर्दै कि खिसिट्युरी?

कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्दै  विकसित भएको अभ्यास निन्दनीय हो।

स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा यमलको २ गोल

खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धोबीखोलामा ट्याक्सी खस्यो

अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।

घट्यो पेट्रोल–डिजेलको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँका दरले घटाएको छ। 

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै, १ वर्षमा १ हजार ५५४ जनाविरुद्ध मुद्दा

अख्तियारले सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका ६, सहसचिव सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एशिया ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

किन रोकियो मुद्दा दर्ताकै तयारीमा पुगेको टेरामक्स प्रकरण?

अख्तियारका प्रमुख आयुक्तले ६ महिनाअघि नै छिट्टै मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए पनि अहिलेसम्म आयोग पदाधिकारीबीच ‘टेरामक्स’ प्रकरणमा मुद्दा दायर गर्ने विषयमा कुनै छलफल नै भएको छैन।