AnonymousUser

Logout

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

शपथपछि आतिशीले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मिहिनेत गर्ने बताइन्।

श्रीलंकाको राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। उम्मेदवारले बहुमत प्राप्त नगरेमा दोस्रो चरणको मतगणना हुने छ।

भोटमा सुन छ, दिनरात कामकै धुन छ... 

युशुमा नेपाली थाङ्का, बौद्ध धर्मका पूजा सामग्री, कार्पेट, भाँडा–वर्तन, धूप, लामाका कपडा, बख्खु, मूर्ति आदिको कारोबार मात्रै वार्षिक १० करोड रुपैयाँसम्मको हुने गरेको छ।

जीवन बनाउन आफैलाई भुल्नु पनि कला होः गुरचरण दास

‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’

जलवायु परिवर्तन

जलवायु न्यायको माग गर्दै ‘पिपुल्स क्लाइमेट मार्च’\r\n

जलवायु न्यायको माग गर्दै युवाहरूले ललितपुरको जावलाखेलमा ‘पिल्स क्लाइमेट मार्च २०२४’ गरेका छन्। र्‍यालीमा सहभागीले विकसित मुलुकहरू खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्र परेको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्। विकसित देशले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणका रूपमा दिन खोजेको भन्दै विरोध गरेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पोखरामा १ महिनामा ६ गुणाले बढे डेंगी संक्रमित

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।

बेरुतमा इजरायली आक्रमणमबाट हिजबुल्लाहका शीर्ष कमान्डरसहित ३१ जनाको मृत्यु

बेरुतमा भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन्।

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको सम्झना चौधरीले बताइन्।

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापन गर्न सकस

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।

श्रीलंकामा आर्थिक मन्दीपछि पहिलोपटक राष्ट्रपतिका लागि मतदान जारी

श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। 

घटस्थापनाभन्दा अगाडि सडक मर्मत गरिसक्न निर्देशन

सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापनाभन्दा अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न विभागलाई निर्देशन दिएको छ।

बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु

शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनवलमा डेढ करोडभन्दा बढी लागतको पशु अस्पताल प्रयोगविहीन

ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।

हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। 

दक्षिण अफ्रिकामाथि आफगानिस्तानको ऐतिहासिक जित

शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।

मेची भन्सारबाट ५२ प्रतिशतले बढ्यो चिया निर्यात

साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

बाल्नुपर्छ चाणक्यको सो बत्ती

आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   

पर्व

सन्ध्याकाल झलमल्ल धरहरा परिसर\r\n

९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी