AnonymousUser

Logout

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।

अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।

लेक लागेर १ वर्षमा २१ जनाको मृत्यु

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा २१ जना पर्यटकको लेक लागेर मृत्यु भयो। तीमध्ये ६ जना नेपाली र बाँकी विदेशी नागरिक हुन्।

नागढुंगा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।

नयराज पन्तको योगदानको चर्चा कसले गर्ने?

इतिहास, ज्योतिष, साहित्यजस्ता विविध विधामा नयराज पन्तका कृति करिब ३० वटा छन्। २०४३ सालमा उहाँको कृति ‘लिच्छवि संवत‍्को निर्णय’ले मदन पुरस्कार नै प्राप्त गरेको थियो।

म्याग्दीमा दशकपछि देखाइयो ‘नागिनी’ लुकाउने नाच

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ।

दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

सुनको मूल्यमा कीर्तिमान: तोलामा १ लाख ५३ हजार पुग्यो

मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

बागमतीले पार गर्‍यो सतर्कता तह: तटीय क्षेत्रमा जोखिम 

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

हुम्लाको चंखेलीमा जिप दुर्घटना: ७ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।

भुटानी राजबन्दी राईलाई १ लाख ४० हजार सहयोग 

विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो। 

जन्म र मृत्युदर्ता गराउँदा वडाले ५ हजार दिने

वाकोटको विदुर नगरपालिका–५ कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिने योजना ल्याएको छ। 

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध  भएको छ। 

ड्रागन फ्रुटखेतीमा इलामका किसानको आकर्षण

ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।

बाढी, पहिरोलगायतका विपद्‌मा परी १९३ जनाको मृत्यु, २४१ घाइते

जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ।

हिमाल पग्लिरहेछन्, जलवायु न्याय चाहियो

कार्बन उत्सर्जनले ग्लोबल साउथको ८० प्रतिशत जनतालाई प्रतिकूल असर पारिरहेको छ। उनीहरूको खाद्य उत्पादन र पानीका स्रोत उच्च जोखिममा छन् र उत्पादकत्व पनि घटेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदर्शन

‘प्राइड परेड’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। यौनिक अल्पसंख्यकको संस्था समूह ब्लु डायमन्ड सोसाइटी नील हीरा समाजले मंगलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा प्राइड परेड आयोजना गरेको हो। ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएर उनीहरूले ठमेल हुँदै वसन्तपुरसम्म बृहत् र्‍यालीको आयोजना गरेका थिए। उनीहरू समुदायले लगाउने भेसभुसामा सजिएर परेडमा सहभागी भएका थिए। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनका रूपमा मनाउँदै आएका छन्। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

तीन वर्षअघि बाढीका कारण कमला नदीमाथिको पुल भासिएपछि पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै जनप्रतिनिधि, इन्जिनियरसहित १० जना सामूहिक आमरण अनशनमा बसेका छन्।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै त्रुटि’

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्‌ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।