गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।
किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन्।
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ।
अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुई वटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ।
शहरी क्षेत्रका घर तथा कार्यालयमा रंगीन माछाका अक्वारियम प्रशस्तै देखिन्छ। यस्ता माछा पाल्ने सोख पूरा गर्दा मानसिक तनाव पनि हट्ने मनोविद्हरू बताउँछन्। अक्वारियममा कस्ता माछा पाल्ने, कति मूल्य पर्छ?
बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ।
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।
काठमाडौँको स्वयम्भू क्षेत्रमा पनि यसरी नै फोटो खिचेर जीविका चलाउनेहरू भेटिन्छन्। घरखर्चको जोहो गर्ने माध्यम बनेको छ उनीहरूका लागि फोटोग्राफी।
किलियन एमबाप्पेको यो रियलका तर्फबाट ला लिगामा डेब्यु खेल हो। तर, यसमा उनले गोल गर्न सकेनन्।
पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।
साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
अहिले सबै प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारका घरहरू ६ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।
लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।
अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पर्व
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन यस वर्ष भदौ ३ गते परेको छ। यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित छ। यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सोभन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी
विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ।
जेठ २८ गतेयता बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी १८२ जनाको मृत्यु र ५० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।