AnonymousUser

Logout

प्रदर्शन

‘प्राइड परेड’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। यौनिक अल्पसंख्यकको संस्था समूह ब्लु डायमन्ड सोसाइटी नील हीरा समाजले मंगलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा प्राइड परेड आयोजना गरेको हो। ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएर उनीहरूले ठमेल हुँदै वसन्तपुरसम्म बृहत् र्‍यालीको आयोजना गरेका थिए। उनीहरू समुदायले लगाउने भेसभुसामा सजिएर परेडमा सहभागी भएका थिए। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनका रूपमा मनाउँदै आएका छन्। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

तीन वर्षअघि बाढीका कारण कमला नदीमाथिको पुल भासिएपछि पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै जनप्रतिनिधि, इन्जिनियरसहित १० जना सामूहिक आमरण अनशनमा बसेका छन्।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै त्रुटि’

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्‌ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।

कोशीमा भेटियो लोपोन्मुख माछाको प्रजाति

कोशी आसपासका नदीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ।

बांग्लादेशसँग श्रीलंका पराजित, नेपाल १ खेलअगावै सेमिफाइनलमा

यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।

हिमताल विस्फोट : के होला खुम्बु क्षेत्रको पर्यटन? 

हिमताल फुटेर आएको बाढीले भौतिक संचनामा पुर्‍याएको क्षतिबाट खुम्बुको पर्यटन व्यवसायमा धक्का लाग्ने चिन्तामा त्यस क्षेत्रका पर्यटन व्यवसायी छन्।

दानपेटीमा मन्दिरको सट्टा आफ्नो बैंक खाताको क्यूआर राखेर लाखौँको चोरी

कानून विषयमा स्नातक गरेका एक चिनियाँ युवकले बौद्ध मन्दिरबाट दानरकम चोर्ने अनौठो तरिका अपनाएका छन्।

पहिरोका कारण राष्ट्रिय राजमार्गका ७ वटा खण्ड अवरुद्ध

पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

पर्व

बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्रा

काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्राको रोनक। नेवार समुदायले एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरुप गाईजात्रा पर्व मनाइरहेका छन्। यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृंगारेर बजार परिक्रमा गराइन्छ। 

१८ स्थानीय तहमा अझै पुगेको छैन राष्ट्रिय प्रसारण लाइनको विद्युत्

प्राधिकरणका अनुसार विद्युत‍्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ग्रिडभन्दा बाहिर रहेका दुई प्रतिशतले लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा (तस्वीरहरू)

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।

इजरायली सेनाले गाजाबाट बरामद गर्‍यो ६ बन्धकको शव

गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।

विरोधकाबीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती ऐन संशोधन विधेयक पारित

विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनर्निर्माण

काठमाडौँ महानगरपालिका–८ स्थित नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण गरिएको छ।

रुसपछि युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी, युद्धका बीच यी भ्रमणको अर्थ के?

भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, ३ हजारभन्दा बढी प्रभावित

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ।

हक गिरीबन्धुको होला, स्वामित्व राज्यकै हो: लोकबन्धु कन्दङ्वा

‘५१ बिघाको हकमा जग्गा–सम्पत्ति जफत गरेर शहरी विकास अन्तर्गत फेरि प्रक्रिया चलाएर तिरो तिराई नयाँ धनीपुर्जा दिने प्रबन्ध हुनुपर्छ। ३४४ बिघा पनि जफत गरेर हदबन्दी र अरू आधार हेरिकन हिसाबकिताब हुनुपर्छ।’

काँक्रोखेतीबाट आम्दानी गर्दै इलामका किसान

सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।

गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन

सोमबार सुर्खेतबाट नेपालगन्ज जाने क्रममा दुर्घटनामा परेका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेपालगन्जमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ।