AnonymousUser

Logout

मनसुनी विपद्‍मा परी ज्यान गुमाएकाका परिवारलाई २ लाखका दरले राहत निकासा

मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई २ लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भएको छ।

ड्रागन फ्रुटबाट वर्षमा १६ लाख आम्दानी

अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।

फेरि दार्जीलिङे चौरस्तातिर

कसैले एक्कासि बसपार्कमा छाडे पनि आत्तिनुपर्ने र हराइहाल्ने मेरो अवस्था थिएन दार्जीलिङमा। त्यहाँ बस्ने मानिसहरूको आहार, व्यवहार, बोलीचाली, फेसन सबैको आंशिक आकलन पनि पाइसकेको थिएँ।

चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ सार्वजनिक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।

२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

‘मान्छेजस्तै च्याउ’: भिटामिन डीका लागि खोजी खोजी खाऊँ

च्याउ किनेर ल्याइसकेपछि त्यसलाई काटेर घाममा केहीबेर सुकाउने हो भने भिटामिन डी खासै नभएको च्याउ भिटामिन डीले भरिपूर्ण च्याउमा परिणत हुन्छ।

सिमलताल दुर्घटनाका बेपत्ता यात्रु खोज्न आइपुग्यो भारतीय टोली

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली नेपाल आएको छ। टोलीले शनिबारदेखि नै काम थाल्ने छ।

पर्यटकको रोजाइमा कास्कीको कोरी पदयात्रा

सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।  

दक्षिण एशियाली कराँतेमा नेपाल ६२ पदकसहित टिम च्याम्पियन

३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदकसहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।

बांग्लादेशमा विद्यार्थी आन्दोलन थप चर्किँदै, सरकारका लागि गम्भीर चुनौती

विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आन्दोलन शुरू गरेका थिए।

चियाकमानमा राई माइला–माइलीहरू

सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँको ढलमा भेटियो पोलियो जीवाणु

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ।

एमालेले प्रधानमन्त्रीलाई बुझायो ३ वर्षभित्र सरकारले गर्नुपर्ने कामको सूची

उपमहासचिव ज्ञवालीका अनुसार पार्टी केन्द्रीय विभागबाट आएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१बुँदे सुझाव दिइएको छ।

नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध (तस्वीरहरू)

काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध जनाउँदै स्थानीयले नगरप्रमुख बालेन शाहको पुतला दहन गरेका छन्।

उकालो साप्ताहिक ब्रिफिङ : सीजीको जग्गा मोह, शैक्षिक सुधार कार्यक्रममा अनियमितता

बाँसबारी, सतुंगल, समिट, लाजिम्पाट लगायतका किस्साको फेहरिस्तमा अहिले जोडिन आइपुगेको छ थापाथलीको ६ रोपनी जग्गाको कथा। यो कथा हो चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी रहेको लडाइँको।

एसीसी महिला एशिया कप : यूएईमाथि नेपाल ६ विकेटले विजयी

सम्झना खड्काको अर्धशतकमा नेपालले एसीसी महिला एशिया कपअन्तर्गत पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको छ।

टी२० आईमा सम्झना खड्काको पहिलो अर्धशतक

एसीसी महिला एशिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन्।

एक दशकपछि कार्यान्वयनमा आएको ‘स्टार्टअप’ : कृषि तथा पशुपन्छीसम्बन्धी योजना सर्वाधिक

सरकारी नीतिमा समेटिएको एक दशकपछि छानिएका उद्यमहरूलाई वाणिज्य बैंकमार्फत सरकारले ३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। परियोजना नै धितो भएकाले थप धितो राख्नुपर्ने बाध्यता यसमा छैन। 

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल

वीर अस्पतालले सामग्री खरिद र जनशक्ति व्यवस्थापनको प्रक्रिया सकिएसँगै आउँदो भदौभित्रै बर्न वार्ड पुनः सञ्चालनमा आउने तयारी गरेको छ।