AnonymousUser

Logout

बांग्लादेशबाट काठमाडौँ आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सदनमा उपसभामुखको राजीनामा माग

सत्तापक्षका सांसदले उपसभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गर्दा प्रतिपक्षी सांसदले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।

बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ। दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडकका कारण हुने गरेको छ।  

ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

प्रचण्डलाई पत्र: तपाईंसँग यी प्रश्नको उत्तर छ?

जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछन्।

त्रिशूलीमा बेपत्ता बस र यात्रीको खोजीमा खटियो भारतीय टोली

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली आइतबार बिहानदेखि बस र तिनमा सवार यात्रीको खोजतलासमा जुटेको छ।

उदयपुरको त्रियुगा क्षेत्रमा बढे भाइरल ज्वरोका बिरामी

बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। 

बाढीले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी अभाव

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो।

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो– पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरियो

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमनको रेकर्डमा देश बाहिर गएको नदेखिएको र आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।

बीपी अर्थात् युगान्तकारी इतिहास, कालजयी विचार

बीपीको अन्तर्राष्ट्रिय लोकप्रियताबाट राजा महेन्द्रदेखि भारतीय प्रधानमन्त्री नेहरूसमेत सशंकित थिए। सोही कारण राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरे।

बीपी कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै

२०१५ सालको आमनिर्वाचनपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नयाँ सडकमा पैदलमार्ग विस्तार विवादबारे महानगर– विगतमा पार्किङ गरिएजति पनि क्षेत्रफल ओगटिँदैन

महानगरले नयाँ सडकमा पैदलमार्ग बढाउँदा विगतमा सवारी पार्किङ गरिएजति पनि सडकको क्षेत्रफल नओगटिने तथा पैदलयात्रुको बढ्दो चापबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न पैदलमार्ग विस्तार आवश्यक रहेको जनाएको छ।

सिमलताल दुर्घटना: फेला परेका २५ शवमध्ये १७ को सनाखत

चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको प्रहरीले जनाएको छ।

विपद्मा परी ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, १४३ जना घाइते

विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्। 

एजुकेशनल इन्टरप्राइजेज : ६३ वर्षपछि ठेगाना हराएको पुस्तक पसल

पुस्तक पढ्न पनि दिने उद्देश्यले महांकाल मन्दिर परिसरमा २०१८ सालमा खुलेको पसल एजुकेशनल इन्टरप्राइजेज त्यहाँबाट हटिसकेको छ। त्यहाँका पुस्तक अहिलेलाई सञ्चालक मोहन श्रेष्ठले आफ्नै घरमा थन्क्याएका छन्।

माइक्रोसफ्टमा आएको समस्याबाट प्रभावित विश्वभरको हवाई सेवा लयमा फर्किँदै

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्दा विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्याका कारण बैंक तथा हवाई सेवा प्रभावित भएका थिए।

ढोरपाटन पुग्ने सडकको दुरावस्थाले पर्यटक र स्थानीयलाई सास्ती

वर्षा शुरू भएसँगै ढोरपाटन पुग्ने अधिकांश भागमा बाढीपहिरो र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती छ।

बांग्लादेशमा विद्यार्थीको प्रदर्शनपछि प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय स्पेन र ब्राजिलको भ्रमण रद्द भएको छ।

तस्वीरमा ललितपुर ‘कोरा साइकल च्यालेन्ज’

आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा साइकल प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको छ।