आँपलाई प्राविधिक रूपमा एक वर्ष प्रशस्त फल्यो भने अर्को वर्ष कम फल्ने फल मानिन्छ। यो वर्ष आँपका लागि ‘अफ इयर’ हो। तर अफ इयरमा यसपटक किन आँपको उत्पादन घटेन?
जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।
सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको छ।
सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा भेरी नगरपालिका–१ च्याउपानीका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको छ।
बेँसीशहर नगरपालिका– १ दलालमा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।
आफ्नो मिहिनेतले रोजा बस्ती र सम्पत्ति पाएको तर्क ‘ठूलो जात-समुदाय’का मान्छेले गर्लान् तर सत्ताको पक्षपातपूर्ण व्यवहारको लाभ पाएका हुन्। लामो समयको संरचनात्मक अत्याचारको पीडा दलितले भोगिरहेका हुन्।
पाँचखाल नगरपालिका–८ स्थित राजमार्गमा सोमबार राति पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको छ।
देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले सोमबार विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ।
भुटानी शरणार्थी रामबहादुर राईले भुटानी राजबन्दीका रूपमा चेम्गाङ जेलमा झन्डै ३२ वर्ष कटाएर आइतबार बेलडाँगी शरणार्थी शिविर आइपुगेपछि मात्र थाहा पाए श्रीमती बितेकै १४ वर्ष भइसकेको रहेछ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा पदाधिकारीहरूले सर्वसाधारणको बचतदेखि काठमाडौँ–१३ मा रहेको जग्गा धितोमा राखी लिएको ऋण हिनामिना गर्दा मालपोत र बैंकबाटै ‘सहयोग’ पाएको देखिन्छ।
प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने ८८ जना घाइते भएका छन्।
समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने प्रस्ताव पनि राष्ट्र बैंकले अघि सारेको छ।
पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर मर्मत गरेपछि सडक सोमबारदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा कायम भएको छ।
सन् १९४० को दशकदेखि वर्षाको रेकर्ड राख्न थालिएको भए पनि जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० यताको तापक्रम, वर्षा र बाढीको व्यवस्थित विवरण उपलब्ध छ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबारदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए।