AnonymousUser

Logout

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

फौजदारी न्याय प्रशासन सुधार अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले‍ तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकले बढ्दा ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो। 

प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

कांग्रेस–एमालेका सांसदले नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् भने माओवादीका सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्‍याएका छन्।

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्टयाउने प्रस्ताव : धेरै सांसद विपक्षमा 

सरकारले बैंकर र व्यवसायी छुट्टयाउन कडा प्रावधान समेटेर ‘बाफिया’ संशोधन विधेयक संसद्मा ल्याए पनि त्यसलाई पारित गर्ने भूमिकामा रहेका अधिकांश सांसदहरू मूल प्रस्तावकै विपक्षमा देखिएका छन्।

अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द अभिलेखबाट हटाउन माग

सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्। 

सोमबारदेखि एक साता सरकारी खाता बन्द हुने

सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने भएका छन्।

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

राष्ट्रियसभाको आइतबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।

कांग्रेस-एमाले समझदारी : नेताहरू सच्चिने अवसर

सत्ता, स्वार्थ र सम्पत्तिका कारण नेपालको राजनीतिमा नियमित उतारचढाव हुने गरेको छ। नेपाली जनता २०५१ सालदेखि राजनीतिको यही विसंगति निरन्तर सहन बाध्य भइसकेका छन्।

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्।

गाजायुद्ध १०औँ महिनामा, प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढीको मृत्यु 

यस अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन्।

कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्कता अपनाउन आग्रह

कोशी ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्।

राप्तीको बाढीमा बेपत्ता २ जनाको शव फेला

बाढीमा परेका राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरीले हस्नापुर घाटबाट उद्धार गरेको छ।

तनहुँमा पहिरोमा पुरिएका १ जनाको शव भेटियो, २ को खोजी जारी

पहिरोमा पुरिएर बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायले जानकारी दिए।

ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो। टाइब्रेकरमा उरुग्वे ४-२ ले विजयी भयो।

बाढी, पहिरो र डुबानमा देशभर ८ जनाको मृत्यु, ६ बेपत्ता

विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।

जलसतह बढेपछि सप्तकोशीका ४१ ढोका खोलिए

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।

साइकल चोरिएका आम नेपाली

समाजवाद र समृद्धिको दिनरातको खोक्रो भाषण र नाराले दलका नेता र कार्यकर्तामा त उत्साह भर्दो होला, तर आम जनता साइकलको खोजीमा गाऊँ, शहर र बजार भौँतारिइरहेका छन्।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

इंग्ल्यान्ड र नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा

नेदरल्यान्ड्सले टर्कीएविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्‍यो। इंग्यान्डले भने स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।