AnonymousUser

Logout

सेवा शुरू गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो।

रामेछाप कारागारमा गोली चल्दा २ जना कैदीबन्दीको मृत्यु,  राजविराज कारागारबाट भागेका १९२ जना सेनाको नियन्त्रणमा

रामेछाप कारागारमा कैदीबन्दीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो। गोली लागेर १२ जना कैदीबन्दी घाइते भएका छन्।

सडकमा बढ्यो चहलपहल [तस्वीरहरू]

बजारमा किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेको संख्या बढेको छ।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।

देशका विभिन्न स्थानमा वर्षा

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजनीति सङ्लो बनाउने एउटा मौका

प्रणालीलाई दोष मात्र दिएर त्यसले समाधान कसरी दिन्छ? विवेकले काम गरे सुखद परिणाम खोज्न सकिने सम्भावना रहन्छ। तर दम्भ र अहंकार बोकेर हिँडे, फेरि पनि आउने दुष्परिणाम नै हो।

कास्की र म्याग्दीबाट भागेका ४ कैदी बागलुङमा पक्राउ

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यकामा कर्फ्युको अवधि बढाइयो

विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूले आफ्नो संस्थाको परिचयपत्र देखाएर काममा आउनजान सक्नेछन्। हवाई उडानका यात्रुहरूले पनि टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

सोच्दै नसोचेको विध्वंस देखेर दु:खी बनेका जेनजी

आन्दोलनमा सहभागी भएका केही जेनजीले स्वार्थ समूह हावी हुँदा प्रदर्शनले हिंसात्मक मोड लिएको आरोप लगाएका छन्।

कारागारबाट भागे १३ हजार ५७२ कैदीबन्दी, समाज अशान्तिको भयमा

रवि लामिछानेलाई नक्खु कारागारबाट घर पठाइएपछि त्यसबाटै सिकेर बबण्डर मच्चाउँदै देशभरका कारागारबाट १३ हजार ५७२ कैदीबन्दी भागेका छन्। गम्भीर अपराधका अभियुक्तहरू नै समाजमा पुग्दा अपराधको जोखिम बढेको छ।

खरानी र खण्डहरमा पनि आशा देखिरहेकाहरू

आगजनीबाट खण्डहर बनेका सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतमा बुधबार बिहान पुग्दा कर्मचारीहरू आशा जीवितै राखेर जलेका कागजात बटुल्दै थिए। प्रहरी त खण्डहरभित्रै बास बनाउन जुटिसकेका थिए।

चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालबारे चासो

चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको पछिल्लो अवस्थाबारे चीनको धारणा जान्न चाहे। के भन्यो चीनले?

धादिङ कारागारमा सेनाको गोली लागेर १ कैदीको मृत्यु, ७ घाइते

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो।

सिंहदरबार वरपर आगजनीले क्षतविक्षत कार्यालय भवन (तस्वीरहरू)

सिंहदरबार प्रवेशको पास पाइने झ्यालहरू तोडफोड गरिएका छन्। त्यहाँबाट माइतीघर मण्डलतिर थोरै अगाडि कर्मचारी संगठनका कार्यालय, शहरी विकास तथा भवन निर्माण विभागलगायत कार्यालय जलाइएको छ।

भक्तपुर अपडेटः सदरमुकाममा संघीय कार्यालय ‘टार्गेटमा’, अन्य दुई पालिकाका कार्यालयमा क्षति

भक्तपुर र चाँगुनारायण नगरपालिका र वडाका कार्यालयहरूमा आन्दोलनकारीले क्षति नपुर्‍याए पनि सूर्यविनायक र मध्यपुर थिमीमा पालिकासहित नेताहरूको घरमा पनि आगजनी भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयबारे जानकारी लिएर मात्रै विमानस्थल पुग्न प्राधिकरणले आग्रह गरेको छ।

डिल्लीबजार कारागारः भाग्न खोज्ने र नखोज्नेबीच भित्रै भएको थियो झडप

रवि लामिछानेलाई नक्खु कारागारबाट मंगलबार नै छाडिएको थाहा पाएपछि डिल्लीबजार कारागारका केही कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन थालेका थिए। त्यसपछि झडपको अवस्था बनेको थियो।

प्रदर्शनकारीले 'आगो लगाउँछाैं' भनेपछि केन्द्रीय कारागारबाट भागेका थिए ३ हजारभन्दा धेरै कैदी

केन्द्रीय कारागारमा झडप भइरहेका बेला नख्खु कारागारबाट आएका प्रदर्शनकारीले कारागारमा आगो लगाइदिने भनेपछि त्यहाँका कैदीबन्दी निस्किएका कारागार प्रशासनले जनाएको छ।

सरसफाइमा ‘जेनजी’

उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका छन् भने सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन्।