AnonymousUser

Logout

सरसफाइमा ‘जेनजी’

उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका छन् भने सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन्।

आगलागीको भोलिपल्ट यस्तो देखियो संसद् भवन

भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो।

जसले जोगाए राष्ट्रिय अभिलेखालय

रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।

प्रहरी वृत्त महाराजगन्जमा दुई प्रहरीको मृत्यु

मृत्यु हुनेमा एक सहायक निरीक्षक र एक जवान रहेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।

गम्भीर अपराधका कसुरदार पनि निस्किँदैछन् जेलबाट

जेनजी आन्दोलनपछि देशका धेरै कारागारबाट गम्भीर अपराधका कैदीबन्दी पनि निस्किन थालेका कारण सुरक्षा चुनौती बढेको सुरक्षाविज्ञहरू बताउँछन्।

हिल्टन होटलको आगो आसपासमा घरमा फैलिने जोखिम

होटल आसपासका घरमा आगो फैलिने जोखिम छ। स्थानीयले होटलबाट करिब २०० वटा ग्यास सिलिन्डर बाहिर निकालेका छन्।

राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश– संयमता अपनाउनुस्

नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै महासचिव गुटेरसले मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

लुटपाटमा संलग्न धमाधम पक्राउ पर्दै, बौद्धबाट ३३ लाखभन्दा बढी बरामद

काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएका सेनाले जनाएको छ।

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दी स्थानान्तरण गरिँदै

आगजनी भएपछि सबै कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म बन्द कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

सर्वोच्च अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित, अझै बलिरहेको छ आगो

मुख्य रजिष्ट्रार विमल पौडेलले सूचना जारी गरेर आजको लागि मुद्दाको पेसी स्थगित गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि सबै सुनुवाइ स्थगित भएको जनाएका छन्।

सेनाले लगायो देशभर कर्फ्यु

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स शववाहन दमकल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनमात्र सञ्चालन हुने जनाइएको छ।

डिल्लीबजार कारागार तनावग्रस्त

रिहा हुनुपर्ने माग गर्दै कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। त्यहाँ अहिले सेना पुगिसकेको छ।

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

नेपाली सेनाले नागरिकलाई एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ।

काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न ३१ जना पक्राउ

नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

परिस्थिति नियन्त्रणमा लिन खटियाे सेना

आफ्नो यस कदममा सहयोग गर्न सेनाले सम्पूर्ण देशवासीलाई अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जनाएको छ।

प्रधानसेनापतिको सम्बोधनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्।

प्रधानसेनापतिबाट सम्बोधन हुँदै

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो।

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन्।