ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ। ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको छ।
खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।
राणाशासन र पञ्चायती व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका छन्।
दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।
पञ्चायतदेखि बहुदलसम्मका सरकार, राज्य–संयन्त्रहरूले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०४४/४५ लाई अनदेखा नगरिदिएको भए बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रुपको स्वामित्वमा पुग्ने नै थिएन।
आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।
गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउँछन्।
उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
संसद् अधिवेशन जारी रहँदासम्म सांसदहरूलाई काठमाडौँ नछोड्न र बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
उनीहरूले आफ्नो देशको सरकारले विशेषज्ञ सल्लाहको बेवास्ता गरेको बताएका छन्।
नेपाली सेनाकै एक वरिष्ठ अधिकृतले समेत रुसी सेनामा भर्तीबारे सूचना दिई एजेन्टको काम गरेर युद्धमैदानमा पठाएको पाइएको छ। धादिङ घर भएका तिनले सेनाका धेरै भूतपूर्व र बहालवाला जवानलाई पठाएको सूचना छ।
रास्वपाले संविधानमा व्यवस्था भएअनुसारका मुख्य–मुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्याउने गरी सरकारलाई दबाब दिने निर्णय गरेको छ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।
प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
२०७८ कात्तिक मसान्तसम्म सक्नुपर्नेमा तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको स्थानीयको भनाइ छ।
अपराध तथा ठगीमा संलग्न राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको गृहमन्त्रीको भनाइ छ।
आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।
हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।