बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा अपचलन प्रकरणमा सीआईबीको टोलीले आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने बताए। शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेको सीआईबी टोलीले सो कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एजुकेसन कन्सल्टेन्सी सञ्चालक विकास वाइबा/तामाङलाई पक्राउ गरेको छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो।
बैठकले उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ।
५०० भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। दरबार पुनःनिर्माणपछि पूर्ववत् स्वरूपमा फर्किएको छ।
‘मेरो नयाँ गीतमा घरको याद, आफन्त र आफ्ना प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।’
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एशियाली मुलुकमा जोखिमपूर्ण यात्राको प्रयास गरेका थिए।
पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाउने समस्या अधिकांश विद्यालयमा थियो। तर अहिले, भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ। हटिया बजारदेखि गाउँ गाउँका विद्यालय पक्की बनेका छन्।
तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि यहाँ पुगिन्छ।
जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।
विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ।
लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ।
नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।
देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।
४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।