AnonymousUser

Logout

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। 

फेरियो ढोरपाटन: अब गोठमा बस्नु पर्दैन पर्यटक

पर्यटक बाह्रै महिना ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँड्नु पर्दैन। कच्ची भए पनि सडक पुगेको छ। होटल तथा होमस्टे खुलेका छन्। 

अध्ययन भन्छ– ७१ प्रतिशत संगीतकार एआईसँग डराएका छन्

सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएका छन्।

चिसोले सोलुको जनजीवन प्रभावित: खानेपानी आपूर्तिमा समस्या

हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको छ। पाइपमै पानी जमेपछि सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्तिसमेत बन्द भएको नाम्चेका स्थानीय नुरु शेर्पाले बताए। 

उर्लाबारीमा भेटिएको हिउँचितुवाबारे अड्कलबाजी र वैज्ञानिक विश्लेषण

हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्‍यो भन्नु उपयुक्त हुँदैन।

तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको सम्भावना

पहाडमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ठमेलबाट १३ लाख ६२ हजारसहित ११ जना पक्राउ

काठमाडौँको ठमेलस्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। 

मौसम

धुम्म उपत्यका 

मंगलबार बिहानैदेखि काठमाडौँ , ललितपुर र भक्तपुरको आकाशलाई हुस्सु, तुवाँलोले ढाकेको छ। मधुरो घाम र तुवाँलोले उपत्यकामा चोसो बढेको छ। काठमाडौँ उपत्यकामा मंगलबार अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो भने राति ३.५ भन्दा तल झर्ने अनुमान गरिएको छ।

राजस्व छली प्रकरणमा भाटभटेनी दोस्रो पटक पनि दोषी ठहर

पूर्ण इजलासले मंगलबार नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो।

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित: सत्ता गठबन्धन

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।

नाइके–चौकीदारले कमाउने अखडा बनिरहेका ठूला कारागार

अपराध गरेर सजाय भुक्तान गर्न जानेहरूले केन्द्रीय कारागारलगायत ठूला बन्दीगृहलाई कसरी अवैध आर्जनको थलो बनाएका छन्? नेताको संरक्षण र कारागार प्रशासनको मिलेमतोमा भइरहेको अपराधको कथा:

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

स्वेच्छाचारी हत्याका जिम्मेवारलाई उन्मुक्ति दिन मिल्दैन : द्वन्द्वपीडित समुदाय

गम्भीर अपराधबाहेकका घटनामा सत्य पत्ता लगाउन योगदान गरेको र कानूनले तोकेका शर्त पूरा गरेको व्यक्तिका हकमा क्षमादानबारे विचार गर्न सकिने पनि उनीहरूको धारणा रहेको छ।

प्रधानमन्त्री कप : अन्तिम खेलमा कोशीलाई अंक

कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।

क्रिकेट 'अवसान'को उदाहरण: सनसनी मच्चाउने त्यो पूर्वाञ्चल, पुछारको यो कोशी

कुनै समय पूर्वाञ्चल विकासक्षेत्रले लगातार चार वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेर इतिहास बनाएको थियो। पूर्वाञ्चलकै भूभाग समेटिएको कोशी प्रदेश यो वर्ष पीएम कपमा जितविहीन हुनबाट मात्र जोगिएको छ।

नेपाल– कोरिया कूटनीतिक सम्बन्धको ५० वर्षः सफलताका कथा समेटिएको पुस्तक सार्वजनिक

पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा ५ अर्ब ५४ करोडको कारोबार

चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्रिविको उपकुलपति छनोट कार्यविधि पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सांसद श्रेष्ठको ध्यानाकर्षण

सांसद श्रेष्ठले उपकुलपति छनोट कार्यविधि आधारभूतमा रूपमा अस्पष्ट, अपूर्ण र समस्याग्रस्त पाइएको भन्दै पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

सरकारी गोप्य दस्ताबेज चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई सो सजाए सुनाइएको हो।

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

सुरक्षित र सुविधासम्पन्न आवासको परिकल्पनासहित भक्तपुरको मध्यपुरथिमिमा सञ्चालित ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र परेको छ।