AnonymousUser

Logout

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

यस प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।

सुडानमा भूस्खलनबारे राष्ट्रसंघले भन्यो– कम्तीमा ३७० जनाको मृत्यु

सशस्त्र द्वन्द्वबाट विस्थापित भएका सुडानी नागरिक बसोबास गरिरहेको क्षेत्रमै पहिरो गएको हो। यसअघि सशस्त्र समूह एसएलएमले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो।

कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।

पोखरा विमानस्थललाई संकट बनेको खानेपानी ट्यांकीः संस्थान क्यानको भरमा, समाधान झन् टाढा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्वमै अवरोध बनेको ओभरहेड ट्यांकीको उचाइ घटाउने–नघटाउने निर्णय गर्न खानेपानी मन्त्रालयले निर्देशन दिए पनि संस्थान भने क्यानको प्रतिवेदनमा अल्झिएको छ।

एक तोला सुनको मूल्य २ लाख ५ हजार ९००

महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो।

धादिङ–मलेखु सडक: दारेगौँडाभिरमा निरन्तर पहिरो

सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।

चाडपर्वलाई लक्षित गर्दै बीपी राजमार्ग स्तरोन्नतिको तयारी

बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

गोरखामा रात्रिबस दुर्घटना: २१ जना घाइते

भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन्।

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको छ।

लिपुलेकमा भारत–चीनबीच फसेको नेपाल

यतिबेला लिपुलेक नेपालको परीक्षा हो। इतिहासबाट पाठ सिकेर, कूटनीतिलाई अझ चुस्त बनाएर, आन्तरिक तथा बाह्य रणनीतिलाई मजबुत बनाएर नेपाल सक्रिय खेलाडी बन्न सक्छ।

सप्तकोशीमा जलसतह बढ्दो, ३८ ढोका खोलियो

कोशी बराजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

महाकाली नदीको कटानले कुतियाकवरबस्ती जोखिममा

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। महाकाली नदीको कटानले बस्तीमा क्षति पुगेको हो।

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

उच्चस्तरीय भ्रमणको आदानप्रदान र शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ सर्वसम्मत पारित

यसअघि २०८१ चैत १५ गते उक्त विधेयक सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

आइतबारदेखि राजमार्ग पूर्ण रूपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन्।

कोशी नदीमा जलसतह बढ्दै, ब्यारेजका ३४ ढोका खोलिए

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेसँगै खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ।

शवको हड्डी बिक्री प्रकरण: 'मोक्षको ढोका'मा जब पैसाको धुवाँ उड्छ

सामाजिक सञ्जालमा हल्ला चल्यो– शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे। तर प्रहरी अनुसन्धानले प्रष्ट पारेको छ– मासु बिक्री भएको छैन, त्यहाँ खरानी र हड्डी किनबेच भएको थियो।

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, चाँडै हस्ताक्षर हुने

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, ४० प्रतिशत भारतीय

क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकबाट मात्रै ५३ प्रतिशत पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।

शेयरबजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।