देशभर दशैँको पारिवारिक उल्लास छाइरहँदा, पशुपति वृद्धाश्रममा ७३ वर्षीय मंगलदास महर्जन भने आफन्तको बाटो हेरेर बसिरहेका छन्।
दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।
नुवाकोटका नरबहादुर विकका पुर्खालाई पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाउने जिम्मेवारी दिइएको थियो। यसलाई निरन्तरता दिँदै नरबहादुर दशैँमा नुवाकोट दरबारमा पुगेर हतियारमा साँध लगाउने गर्छन्।
यात्रा
अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।
दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।
दार्चुलाको लालीबाट डडेलधुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन्।
नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्।
केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।
दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।
५० बर्से साइनो
ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्ने प्रतिज्ञा लिएका नीरले ‘वेदना’मा पाएको तोडपछि हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक’। उनले यसमाथि पटकथाको काम पनि थालेका थिए, जुन पछि गएर बन्यो– ‘वासुदेव’।
शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुनाले उपाधि चुमेकी हुन्।
यात्रा
मलाई लाग्यो, हामी तिब्बतको पठारमा यात्रा गरिरहेका छौँ। तिब्बती सभ्यतासँग नजिक मानिने यहाँको भूगोल, समाज, संस्कृति र इतिहास निकै महत्त्वपूर्ण छ।
शारीरिक व्यायामका लागि धेरैले दौडलाई सजिलो उपाय मान्छन्, तर अव्यवस्थित कुदाइले घुँडा, गोलीगाँठो र मांशपेशीमा समस्या ल्याउँछ। दौडने स्थान पनि सहज र व्यवस्थित हुनु आवश्यक छ।
यसअघि बालुवा चालेर जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनले बताइन्।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर पेसालाई नयाँ जीवन दिएका छन्।
खेलौनाको विश्वबजारमा प्रचलित मान्यताभन्दा फरक रूप, रङ र हाउभाउको ‘लाबुबु’लाई कतिपयले आकर्षक मान्छन्, कतिलाई दानवजस्तो लाग्छ। तर विश्वव्यापी रूपमा भइरहेको यसको व्यापार भने चकित पार्ने खालको छ।
२०३८ सालमा आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना ताजै छ।
क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। क्याफेको मुख्य आकर्षण हो, ‘क्याट रुम’। जहाँ प्रवेश गर्न ५०० रुपैयाँ तिर्नुपर्छ।
यात्रा
दायाँपट्टिको कालीगण्डकी किनारमा एकातिर लमतन्न फैलिएको छ, जोमसोम विमानस्थल। अर्कोपट्टी निलगिरी पर्वत, जो यहाँबाट उत्तरमा होइन, दक्षिणमा देखिन्छ। यही भएर पनि होला मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको।
चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए- नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।