AnonymousUser

Logout

‘समग्र अर्थतन्त्रको दायित्व पूरा गर्ने गरी मौद्रिक नीति आउँछ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताएका छन्।

बचतकर्तालाई रुवाएर अर्बौंको ‘व्यापारिक साम्राज्य’ खडा गरेका सहकारी सञ्चालक

शिवशिखर सहकारीका सञ्चालकले मात्र बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख हिनामिना गरेर ‘व्यापारिक साम्राज्य’ खडा गरेको सीआईबीको अनुसन्धानले देखाउँछ। यो ३६ जिल्लाका १ लाख ६८ हजार ७२५ जनाको पैसा हो। 

वित्तीय समानीकरण अनुदानको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहमा कटौती गरेको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत हस्तान्तरण गने निर्णय गरेको छ।

रासायनिक मल खरिदको टेन्डर प्रक्रिया ४५ दिनबाट १५ दिनमा झार्न कृषिमन्त्रीको प्रस्ताव

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद प्रक्रियाको टेन्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाइएको बताएका छन्।

आठ युवाको स्टार्टअप ‘बिजनेस्ट बजार’: अनलाइनबाटै हुन्छ कम्पनी र फर्मको किनबेच

कम्पनी वा फर्म बन्द गर्न चाहनेलाई बिजनेस्टले व्यवसायबाट बहिर्गमनको विकल्प दिएको छ। व्यवसाय थाल्न चाहनेलाई चलिरहेको कम्पनी वा फर्म किन्न सहयोग गरेको छ। यस्तो खरिदबिक्री बिनाकमिसन हुने संचालक बताउँछन्।

नेपालमा लगानी गर्न इजिप्टका व्यावसायीको चासो

ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले कायरो र काठमाडौँ सीधा हवाई उडानको आवश्यकता औँल्याए।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो। यही कारण चार पटकसम्म सदन अवरुद्ध भएको थियो।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको जवाफ- बजेट गोरखा केन्द्रित छैन

धेरैले गण्डकी प्रदेशको बजेटलाई ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा आफ्नो गृहजिल्लाका नागरिकले भने बजेटबारे गुनासो गरेको मुख्यमन्त्री पाण्डेले बताए। 

नयाँ आवधिक योजनाका लागि राष्ट्रिय योजना आयोगले माग्यो प्रदेश आयोगसँग सुझाव

सिंहदरबारस्थित योजना आयोगको हलमा बुधबार भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिसस, नगरपालिका र गाउँपालिका महासंघका पदाधिकारी पनि सहभागी थिए।

गुगल, फेसबुक, माइक्रोसफ्टसहित ६ विदेशी कम्पनी नेपालको कर प्रणालीमा दर्ता

चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनी व्यवस्था गरेको थियो।

१२.७६ अंकले बढेको शेयर बजारमा २ अर्ब ५७ करोडको कारोबार

मंगलबारको कारोबारमा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा कायम भएको छ। नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ।

स्वर्णिम वाग्लेको प्रश्न– सरकारले राजस्व संकलन लक्ष्य के आधारमा राख्यो?

रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आधारहीन देखिएको बताएका छन्।

अर्थमन्त्रीको दाबी– अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताएका छन्।

आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य तीन थरी

नेपाल आयल निगमले मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ।

राष्ट्रियसभामा खर्च कटौती प्रस्ताव पेस

राष्ट्रियसभा सदस्यहरू इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले बजेटमाथि खर्च कटौती प्रस्ताव पेस भएका छन्।

फेरि २१ सय बिन्दुमुनि झर्‍यो नेप्से, सोमबार ४ अर्बको कारोबार

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारकाे बिन्दुमा झरेको छ।

पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा नौ प्रतिशत मात्र रोपाइँ

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। समयमा वर्षा नहुँदा र सिँचाइको पनि सुविधा नहुँदा मधेशमा करिब ९० प्रतिशत खेतमा रोपाइँ भएको छैन।

पोखराको मासु पसल व्यवस्थित गरिँदै, मापदण्ड पूरा गरेकालाई एकै प्रकारका साइनबोर्ड

पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।

अर्थमन्त्री भन्छन्– केही वस्तु तथा सेवामाथिको कर गरिबलाई होइन, हुनेखानेलाई हो

सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।