AnonymousUser

Logout

कस्तो छ काठमाडौँ, ललितपुर र वीरगन्ज महानगरको नीति तथा कार्यक्रम?

महानगरले मौलिकता झल्किने गरी शहरी पूर्वाधार तयार पार्ने, स्वास्थ्य, शिक्षा, खानेपानी, सहज यातायात सुविधालगायत नागरिकका मौलिक हकसँग जोडिएका विषयलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार पारेका छन्।

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड, सामूहिक बस्ती विकास गर्ने योजना

नीति तथा कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ।

कालीगण्डकी सभ्यतालाई पर्यटनसँग जोड्ने प्रयास, राम्दीदेखि देवघाटसम्म पदमार्ग बनाइँदै

कालीगण्डकीको इतिहास, धार्मिक सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने योजनाका साथ नदी किनारमा पैदलमार्ग बनाउन लागिएको हो। 

मादीमा हलगोरु पाल्ने कृषकलाई अनुदान, एकल पुरुषलाई भत्ता 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसका लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ। 

बजेट बनाउँदा करको प्रस्ताव कसैको मुख हेरेर गरेको छैन: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझावअनुसार सरकारले करमा ऐन तथा नियमअनुसार सहजीकरण गरिएको बताएका छन्।

पोखरामा ड्रागन बोट रेस महोत्सव, चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्य

बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले गर्नेछन्। यो रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो। महोत्सवमा नेपाली र चिनियाँ खाना तथा चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा छन्।

सीमावर्ती क्षेत्रमा किन सस्तो भयो भारतीय रुपैयाँ?

सीमाका भारतीय बजारमा ६ महिनाअघि १०० भारु साट्न १६६ रुपैयाँसम्म तिर्नुपर्थ्यो। अहिले त्यति नै भारु १५४ रुपैयाँमा पनि पाइन्छ। रक्सोलका व्यापारीले नेपालका बैंकको क्यूआर कोड राखेरै नेपाली रुपैयाँ लिन्छन्।

दुई वर्षभित्र शतप्रतिशत विद्युत् विस्तार गरिसक्छौँ : मन्त्री बस्नेत

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले वर्षा याममा विद्युत् आपूर्तिलाई सहज बनाउन एक महिनाभित्र दुई वटा ट्रान्समिसन लाइन थप्न लागेको बताएका छन्।

घट्यो सुनचाँदीको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग

गलैँचा उद्योगमा करिब दुई लाख श्रमिकले रोजगारी पाइरहेका छन्। गत आर्थिक वर्ष नेपालले १० अर्ब ६२ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको थियो। 

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

उद्योगले २०७४/७५ मा एक लाख छ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गरेर १६ करोड ३६ लाख नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांकले देखाएको छ। 

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ मिनेटमा अवतरण भएको हो। जहाज चीनको छेन्दुबाट १३० जना यात्रु बोकेर पोखरा आएको हो।

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, सिचुआन एयरलाइन्सको जहाज आउँदै

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा फेवातालमा हुन लागेको फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३५ यात्रु पोखरा ओर्लने बताइएको छ।

सांसदहरूको प्रश्न : अर्थ समितिले विवरण माग्दामाग्दै धितोपत्र बोर्डले ब्रोकरलाई किन दियो लाइसेन्स?

अर्थ समितिमा बोल्दै अधिकांश सांसदले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझावभन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका छन्।

घरजग्गा कारोबारबाट प्राप्त लाभमा पुँजीगत लाभकर नै अन्तिम : राजस्व विभाग

आन्तरिक राजस्व विभागले घरजग्गामा प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ।

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

नेप्से परिसूचक मंगलबार २६.५६ अंकले ओरालो लागेर २०६४.८३ अंकमा सीमित भएको छ।

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

धितोपत्र दलाल तथा व्यापारीलाई मापदण्ड र विधि पूरा गरी इजाजत दिन निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए। 

स्रोत अभावबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह, जनजीविकासँग जोडिने कार्यक्रम प्राथमिकतामा 

बागलुङका स्थानीय तहले रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन्। 

११ महिनामा काठमाडौँ महानगरको राजश्व ८ अर्ब 

महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।