मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।
मल आपूर्तिकै लागि स्थापित कृषि सामग्री कम्पनीलाई पन्छाउँदै साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर सार्वजनिक खरिद ऐन र नियमावली विपरीत प्रतिबन्धित मुलुक इरानबाट आयातित मललाई ओमनको भनेर ढाँटियो।
देशका मुख्य शहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा ‘बन्दीपुर घुम्न जाउँ’ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ।
अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुपूर्व नै धेरै छलफल गरिएकोले विधिभित्र रहेर बजेट पारित हुने बताएका छन्।
सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा पुँजी बजारमा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
किसानले शुरूमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए। पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा जी–नाइन जातका केरा लगाएका छन्।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ।
कृषिमन्त्री डा. वेदुराम भुसालले सरकारले लिएको उद्देश्यअनुसार दुग्ध विकास बोर्डलेले काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका छन्।
सरकारले चालु आर्थिक वर्ष करिब १०० वटा स्टार्ट-अपलाई १ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण दिने प्रक्रिया थालेको छ। तर, अघिल्ला वर्ष कार्यविधि बनाएर पनि बजेट खर्च गरिएको थिएन।
प्रस्तुत बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरू आर्थिक वर्षको भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ।
पोखरालाई कार्बन तटस्थ शहर बनाउने, अत्याधुनिक फोहोर मैला संकलन केन्द्र सञ्चालन गर्ने, प्लास्टिकको वैकल्पिक प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा राखिएको छ।
आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको करोबार भएको छ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।
नियमित खर्च धान्न मुस्किल भएर सरकारको ढुकुटीमा चाप परे पनि लुम्बिनी प्रदेश सरकारले अनावश्यक र फजुल शीर्षकमा पहिलाजस्तै बजेट विनियोजन गरेर राज्यकोषको दोहनलाई निरन्तरता दिएको छ।
महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ।
गतवर्ष प्रतिमन ५५० देखि ६०० रुपैयाँ रहेको चैतेधान यसवर्ष एक हजार २५० रपैयाँमा कारोबार भइरहेको छ।