छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ। उक्त चियाखेतीका लागि वार्षिक एक हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।
समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ।
छापावाल सुन आइतबार प्रतितोला एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
देशभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिने योजना ल्याएको छ।
उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।
कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँच सयमा बिक्री हुन्छ।
आवश्यक परिमाणमा कोटा तोकेर निर्यात गर्न भारतले प्रस्ताव गरे पनि नेपालका उद्योगीहरूले अस्वाभाविक माग गर्दा पर्याप्त गहुँ आयात हुन सकेको छैन। यता, कच्चा पदार्थ अभावले उद्योगहरू बन्द हुन थालेका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको बताएका छन्।
बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।
नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।
समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।
बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
छापावाल सुन बुधबार प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेका बेला मालेपाटन र ढोडबेँसीका स्थानीय यसको व्यावसायिक खेतीमा जुटेका छन्।
चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।
वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।
सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।