AnonymousUser

Logout

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम शुरू 

आयोजना निर्माण भएपछि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै पदार्थ एउटै पाइपलाइनबाट ल्याउन सकिन्छ।

छोटी भन्सार नहुँदा गुम्दै राजस्व 

भन्सार कार्यालय नहुँदा भारतबाट ठुलो परिमाणमा सामान तस्करी हुने गरेको छ।  

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

काभ्रेपलान्चोकको पाँचखालमा हरित औद्योगिक ग्राम निर्माण हुँदै 

औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।

तीनवटा सरकारी वाणिज्य बैंक पनि मर्जरमा जानुपर्छ : गभर्नर अधिकारी

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक पनि मर्जरमा जानुपर्ने बताएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन प्रतितोला एक हजारले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँ कायम भएको छ। 

गण्डकीमा पाँच मन्त्रालय घटाउँदा ६० करोडसम्म खर्च कटौती हुने

मन्त्रालय घटाउँदा साधारण खर्च घट्ने भए पनि कतिसम्म कम हुन्छ भन्न नसकिने प्रदेश अर्थ मन्त्रालयले जनाएको छ। तर ६० करोडसम्म खर्च कटौती हुने अनुमान गरिएको छ।

आयात घटेसँगै १९.१५ प्रतिशतले घट्यो व्यापार घाटा

भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म नेपालमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

औद्योगिक फोहोरको कहर : पर्साका दर्जन गाउँमा हुन छाड्यो तरकारी खेती, जीवन नै संकटमा

कुनै समय सिँचाइका लागि उपयोग गरिने सिर्सिया नदीमा औद्योगिक क्षेत्रको फोहोर मिसाइँदा पर्साका दर्जनौँ गाउँका बासिन्दाको जीवन नै संकटमा छ। त्यहाँका जलचर समाप्त भएका छन् भने नदीका वनस्पती पनि मासिएका छन्।

नेप्से परिसूचक १३.७१ अंकले घट्यो

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

सुस्तापारिका उखु किसान भन्छन्– हाम्रा लागि सरकार छैन

सुस्तापारि कुनै चिनी मिल छैन। नारायणीपारिका चिनी मिललाई उखु बेच्न ढुवानीकै समस्या छ। नारायणी तारेर लगे पनि चिनी मिलले समयमै भुक्तानी नदिने हुँदा स्थानीय क्रसरलाई किसानले सस्तोमै उखु बेच्ने गरेका छन्।

हरेक दिन विमानको रिपोर्ट पेस गर्न नेवानिलाई मन्त्री किराँतीको निर्देशन

मन्त्री किराँतीले विमानको अवस्थाबारे हरेक दिन रिपोर्ट दिन र निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान बनाएर पेस गर्न नेवानिका पदाधिकारीलाई निर्देशन दिएका छन्।

महिना दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई पर्यटनमन्त्रीकाे निर्देशन

सोमबार नेपाल वायु सेवा निगमको कार्यालय निरीक्षण गर्दै पर्यटनमन्त्री सुदन किराँतीले एक सेकेन्डको पनि ठुलो महत्त्व हुने भएकाले तोकिएको समयमै जहाज उडाउन निर्देशन दिएका छन्।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँले बढेको छ।

रानी जमरा सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलारिया सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै विश्व बैंकले लगानीबाट हात झिक्ने बताएको छ। 

गौचरन भयो काँगेलडाँडा विमानस्थल, ७ वर्षयता उडान ठप्प

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले सञ्चालन गर्ननसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

असहज अवस्थामा अर्थतन्त्र : पहिलो ६ महिनामै ८६ अर्ब घाटा, समस्यामा आन्तरिक वित्त व्यवस्थापन

गत आर्थिक वर्षको तुलनामा पहिलो ६ महिनामा राजस्व घटेको छ। सरकारले गरेको समग्र आम्दानीभन्दा खर्च बढी भएको कारण आन्तरिक वित्त व्यवस्थापन असन्तुलित भई संकटमा फस्न सक्ने विज्ञहरूको भनाइ छ।

बिस्तार हुँदै विद्युतीय सवारीको बजार, पूर्वाधारमा अझै समस्या

विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोग बढाउने र आयातित पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने सरकारको नीति भए पनि त्यसका लागि आवश्यक पूर्वाधार तयार हुन सकेको छैन।

रेमिट्यान्स व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।

भोजपुरे खुकुरी: माग बढ्यो, कालिगडको अभाव

भोजपुरका विभिन्न उद्योगमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्।