AnonymousUser

Logout

गुल्मीकी शारदाको व्यवसाय: गाउँमै डेरी उद्योग, मासिक १ लाख आम्दानी 

“दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन”, गुल्मीकी शारदा भुसाल भन्छिन्, “पालिकाले यसमा ध्यान दिनुपर्छ।”

कर्जा लिएर तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता: गभर्नर अधिकारी

गभर्नर अधिकारीले व्यवसायी वा उद्यमीले लिएको कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।

सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको कालोबजारी, अनौपचारिक बजारमा किन सस्तियो भारु?

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पहिलोपटक नेपाली मुद्राको कालोबजारी भएपछि विभिन्न आशंका उत्पन्न भएका छन्। अनौपचारिक बजारमा किन नेपाली मुद्राको तुलनामा भारतीय रुपैयाँ सस्तियो?‍

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।

उखुको न्यूनतम खरिद मूल्य तोकियो

उखु किसानलाई सरकारले दिने अनुदान यथावत् राखिएको छ।

चाउचाउ र अगरबत्ती निर्यात गरेर मात्रै अर्थतन्त्र सुध्रिँदैन : अर्थविद् वाग्ले

नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए।

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ।

नारायणीमा ‘क्रुजसिप’ सरर

नारायणी नदीमा व्यावसायिकरूपमा क्रुजसिप सञ्चालन थालिएको छ। क्रुजसिपमा यात्रुहरूले नारायणी नदीको ४० किमी क्षेत्रमा दिनमा तीनपटक शयर गर्न पाउने छन्।

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ।

नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि

मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताए।

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

टानका अध्यक्ष निलहरि बास्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए।

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

पन्ध्रौँ योजना मध्यावधि समीक्षाः ‘कमजोर उपलब्धि, दीर्घकालीन असर’

पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब तीन वर्ष बितिसकेको छ। सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो।

कृषिबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन्।

बाजेले थालेको चाकु व्यवसायलाई निरन्तरता दिँदै सुदीप, २५ जनालाई रोजगारी

भक्तपुरको थिमिस्थित गणेश चाकु वासमा माघे सङ्क्रान्तिका बेला दैनिक २०० किलोसम्म चाकु बिक्री हुने गरेको छ। भारत, अमेरिका, जापानलगायतका देशबाट पनि चाकुको माग आउन थालेको सञ्चालक सुदीप श्रेष्ठले बताए।

उद्योगी–व्यवसायीलाई निराशा हुने नदिने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री विष्णु पौडेलले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

'अफलाइन' राइड सेयरिङले बढाउँदै जोखिम

यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले शुरू भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको संख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ।

नेपालबाट विदेशमा घरजग्गा र सेयरमा लगानी गरे कारबाही : राष्ट्र बैंक

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घरजग्गा, सेयर खरिद तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको भेटिए कारबाही हुने चेतावनी दिएको छ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार

घट्दो आयात र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको शोधनान्तर स्थितिमा सुधार देखिएको छ।