बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।
संघीय सरकारले सुर्खेतमा मेडिकल कलेज बनाउन एक लाख रुपैयाँ छुट्याएको छ। त्यसलाई खर्च गर्ने आयोजना कार्यालयका लागि भने ४० लाख बजेट छ। सरकारले कलेज निर्माण नगर्ने नीति लिएको त्यहाँका कर्मचारीको आरोप छ।
सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।
आव २०८०/८१ मा ललितपुर महानगरले लक्ष्यभन्दा १५ करोड बढी अर्थात् दुई अर्ब ५५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्।
आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो।
बुद्ध पार्कमा ढुंगैढुंगाको कलात्मक सजावट गरिएको छ। बारपाकको सिंगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको पार्कमा पाँच फिट अग्लो बुद्धको मूर्ति राखिएको छ।
सुन एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
पौडेलले अर्थमन्त्रीका हैसियतमा पुँजीबजारका लागि कुनै ठोस काम नगरे पनि बजार उनी अनुकूल देखिन्छ। पुँजीबजार राजनीतिक पार्टी र अझ खासमा व्यक्ति निकटले प्रभावित पारेको हुनसक्ने विज्ञ बताउँछन्।
मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढ्दा कुल नौ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।
सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको छ।
राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ।
सोमबार सिभिल बैंक डिभेन्चर–२०८८ र माण्डु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत खर्च गरेको छ।
छापावाल सुन आज १ लाख ४६ हजार ९०० रूपैयाँमा कारोबार भैइरहेको छ।
‘अनलाइन’ र ‘क्यूआर स्क्यान’जस्ता विद्युतीय भुक्तानीलाई सरल र सुरक्षित बनाई नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन ‘नेसनल पेमेन्ट स्विच’ स्थापना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।