AnonymousUser

Logout

महिलाहरूलाई स्वरोजगार बनाउँदै वडा, बोरा र पुराना जिन्सबाट आकर्षक जुत्ताचप्पल 

काठमाडाैँ महानगरपालिका–५ ले फाटेका बोरा र पुराना जिन्सबाट जुत्ताचप्पल बनाउने सीप सिकाएपछि तालिममा सहभागी महिलाहरू स्वरोजगार बनेका छन्। उत्पादित सामग्रीले पनि राम्रै बजार पाएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

अध्यक्ष सिफारिस गर्नका लागि गठन भएको समितिको शुक्रबार बसेको बैठकले हालसम्म भएका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गर्ने निर्णय गरेको हो।

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

गृह मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा र सामाजिक सुरक्षा कोषसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ।

सीप सिकेर व्यवसायी बनेका हर्कबहादुर 

हर्कबहादुर भन्छन्, ‘समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो।’

भेडीगोठले बागलुङका बुकीमा चहलपहल, बेँसी सुनसान

निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजलालगायत क्षेत्र गोठालाहरूको मुख्य बासस्थान हो।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक ५.६० अंकले बढ्यो

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ। 

उदयपुरको कटारीमा फस्टाउँदै केराखेती 

केराखेती गर्न थालेपछि वन्यजन्तुबाट आजित हुननपरेको तथा परम्परागत अन्नखेतीभन्दा तेब्बरसम्म आम्दानी हुने गरेको किसान बताउँछन्।

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ।

‘मूल्यवान्’ बनेको सेबोन अध्यक्षको पद

पछिल्ला दिनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र निजी कम्पनीहरूलाई आईपीओको इजाजतमा लचिलो बनिदिएर पाइने लाभको कारण सेबोन अध्यक्ष पदको ‘मूल्य’ ह्वात्तै बढेको छ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

महानगरले विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ।

शेयर बजारमा ५ अर्बमाथिको कारोबार

सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीयको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

स्थानीय तहले आज बजेट ल्याउँदै

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था छ। आइतबारसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्।

पोखरा महानगरले पर्यटन राजधानी एकीकृत रणनीतिक कार्ययोजना तयार पार्ने

नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनामा लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने पोखरा महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन 

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। 

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन आइतबार एक लाख ४२ हजारमा कारोबार भइरहेको छ।