सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।
सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।
२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा पुगेको विद्युत् विधेयक–२०८० मा राखिएको जलाशययुक्त आयोजनाको पानी बाँडफाँट र ठूला आयोजना बिनाप्रतिस्पर्धा विदेशीलाई दिने प्रावधानमा विज्ञले समेत प्रश्न उठाएका छन्।
राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।
आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।
टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ।
विश्व बैंकले नेपालका दुई परियोजनाका लागि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।
बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिक जियायुबाट १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
साना तथा घरेलु उद्योग महासंघअन्तर्गत मोरङ जिल्लामा सञ्चालित ३० हजारभन्दा बढी उद्योगमा तीन लाखले रोजगारी पाएका छन्।
बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।
प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।
मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।
अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।
शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माणको काम भइरहेको छ।