अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।
विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।
बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।
स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।
पप्पु कन्स्ट्रक्सनले लापरबाही गरेपछि बागमती नदीमा बनाइने ‘आर्क ब्रिज’को ठेक्का तोडेर वाईपी किरातेश्वरलाई दिइएको थियो। तर नयाँ ठेक्काको २१ महिनामा भौतिक निर्माण त के, पुलको डिजाइनसमेत तयार भएको छैन।
बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रका १०० भन्दा बढी बस्तीको मुख्यखेती नै भर्जिनिया सुर्ति थियो। जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै घट्दै गएको यो खेती अहिले कतै देखिँदैन।
लहान नगरपालिका–२४ का रतन साहले भारतबाट बीउ ल्याएर बैजनी र पहेँलो रंगका काउली उत्पादन गरेका छन्। उक्त काउली प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ।
चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व संकलन भएको छ। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।
समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।
आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा उद्योगमा सिल गरिएको हो।
बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ।
सोमबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।
मंसिर अन्तिममा प्रतिकिलो १८० रुपैयाँ पुगेको प्याज अहिले ८० रुपैयाँमै पाइन्छ। भारतले निर्यात प्रतिबन्ध लगाए पनि तस्करीबाट वीरगन्ज ल्याइपुर्याइँदा प्रतिकिलो ४१ रुपैयाँ पर्छ, त्यही प्याज काठमाडौँ आउँछ।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।