यही समयमा शुरू हुनैपर्छ कूटनीतिक नियोगहरूको काँटछाँट र नातावाद, कृपावाद तथा आलोपालोमा नियुक्त हुनेहरूको असली ‘तहकिकात’।
नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री हुनु केवल लैंगिक उपलब्धि मात्र होइन, सामाजिक पुरुषवादी मानसिकता परिवर्तनको शुरूआत पनि हो।
जेन–जी विद्रोहले पार्टीहरूको आन्तरिक, अन्तर पार्टी र समग्र राज्यकै पुरानो शक्ति सन्तुलन र राजनीतिक औचित्य समाप्त पारेपछि पनि ‘सम्मानजनक’ बर्हिगमनका लागि देउवा त्यसै तयार भएका होइनन्।
राजाको मतियार बनेर लोकतन्त्रविरुद्ध घात दोहोर्याउँदा पनि राजनीतिमा अझ शक्तिशाली भई पुनर्स्थापित हुनु देउवाको अद्भूत सफलता हो। २०७४ को चुनावमा वाम गठबन्धनसँग ‘धुल चटाइ’ भए पनि देउवा पुनः उभिने अवस्था बन्यो।
पुच्छार घरमा पाकेको परिकारको बास्ना सिरान घरले थाहा पाउँथ्यो। अनि पो दशैँ आउँथ्यो। केटाकेटीको कोकोहोलो हुन्थ्यो अनि पो पूरै गाउँ रमाउँथ्यो।
सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु नागरिकको कर्तव्य हो र जानीजानी ध्वंस गरे अपराध ठहर्छ। अपराध ठूलो वा सानो हुँदैन। विधिको शासन चाहन्छौँ भने दण्डहीनता अस्वीकार्य हुनुपर्छ।
मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ।
कुनै विचार र सिद्धान्त मिल्दै नमिल्ने पक्षसँग राजनीतिक एकाकार हुँदै निर्वाचनमा जाने ‘गठबन्धन संस्कृति’ यति खराब थियो कि जनतालाई जनाउनुपर्ने जबाफदेहिता यहीँबाट धुलिसात् हुन थालेको हो।
नेपालमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै सो असफल भयो भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ? हाम्रो संघीयतालाई दुराशयपूर्ण ढंगले संविधानमै कमजोर बनाइएको छ।
तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।
काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात खान दिने गर्दा रहेछन्।
भदौ २४ गतेको लुटपाटको वास्तविक आँकडा त आएकै छैन। उदाहरणका लागि, हायात होटलको क्यासिनोबाटै त्यो दिन ५ करोड ४० लाख रुपैयाँ नगद लुटिएको वास्तविकता शायद रिपोर्टिङ भएकै छैन।
अन्तर्वार्ता
‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?’
नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।
म धर्म मान्ने मान्छे होइन, तर राष्ट्रपतीय प्रणाली नेपालले अपनायो भने विश्वको अनुभवको आधारमा नेपाललाई भगवानले रक्षा गरुन् भन्नुपर्ने हुन्छ।
‘सिंहदरबारले ओलाङचुङगोलाको समस्या सुन्न नै चाहेन। भोट थोरै छ भनेर होला, राजनीतिक दलले पनि वास्ता गरेनन्। अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू मत माग्न पुगेका छैनन्, भविष्यमा पनि पुग्छन् भन्ने लाग्दैन।’
घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नुका साथै आर्थिक पहुँचमा समानता ल्याउनु नै समाधानतर्फको बाटो हो।
साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्दासमेत गोर्खाहरू ‘फिनिसिङ लाइन’ नभेटेर दौडमै छन्। दार्जिलिङका बासिन्दाले आत्मविश्वास गुमाइसकेको स्थिति छ।
वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठूला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो।
सात दशकसम्म बेलायती मोडलमा राज्य सञ्चालन गर्दा देश उँभो लाग्न सकेन। अब वास्तविक रूपमै अमेरिकी मोडलसँग मेल खाने नयाँ प्रजातान्त्रिक व्यवस्था किन अंगिकार नगर्ने?