AnonymousUser

Logout

लोकतन्त्रमा लगाउन खोजिँदै पश्चगमनको ‘ग्रहण’

नागरिकमा चुलिँदो गुनासो र असन्तुष्टि राज्य सञ्चालकहरूको रवैयाप्रति केन्द्रित छ। तर, हिजो हालीमुहाली गरेका एकथरीले यसलाई व्यवस्थाको असफलताका रूपमा स्थापित गर्ने दुष्प्रयास गरिरहेका छन्।

लैंगिक सामाजिकीकरणमार्फत विभेदको तालिम

धेरै पुरुषलाई आफू ‘पीडक हुँ’ भन्ने चेतना छैन भने कतिपय पीडित महिलालाई पनि ‘म पीडित छु’ भन्ने बोध नै छैन। अतः लैंगिक हिंसाको विषय मूल रूपमा चेतना र शिक्षा नै हो।

जानीबुझी जनता अलमल्याउने नेताको जालमा कहिलेसम्म पर्ने?

युवाको ठूलो संख्या मलेसिया र खाडीतिर पोखिइरहेका बेला बाँकी युवा पनि सरकारसिर्जित् अनेक चक्कर काट्दै बेफुर्सदी हुनु सरकारसँगै दलका नेताहरूका लागि समेत हाइसञ्चोको अवस्था हो।

‘जलवायु परिवर्तनको प्रभावले बसाइँसराइ बढायो’

'कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ।'

भूमि अधिकार: खोजियोस् अन्तिम समाधान

आर्थिक समृद्धिमा लाग्नुपर्ने जनता अहिले पनि जमिनको लागि संघर्ष गरिरहनु लोकतान्त्रिक देशको लागि सुहाउँदो विषय होइन।

नेपालमा समाजवादी अर्थव्यवस्थाको सम्भावना र चुनौती

श्रमशक्ति बाहिरिँदै जाने, नयाँ उद्योगधन्दा नखुल्ने, भएका उद्योगसमेत बन्द हुँदै जाने तथा उत्पादनको क्षेत्र सीमित घरानियाँको कब्जामा रहने कारणले गर्दा व्यापार घाटाको रेखा बढ्दो क्रममा छ।

टिकटक प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको हनन

संविधानले नचिनेको राजनीतिक शब्द 'राजनैतिक सहमति'को आडमा मन्त्रिपरिषद्को निर्णयमार्फत टिकटकमाथि प्रतिबन्ध गर्ने कार्यलाई सामान्य नियमनकारी कार्य भन्न मिल्ने ठाउँ साह्रै कम छ।

प्राविधिक सरकार, आचरणविहीन राजनीति

चुनावको एक वर्ष नहुँदै दलहरू ‘मिसन ८४’को राग अलापेर बसेका छन्। लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव र सरकारपछि अर्को सरकार गठन भनेर बुझ्नु र बुझाउनु दलहरूको कमजोर चेत र प्रतिबद्धता हो।

नेपाली न्युजरुममा 'भिजन' नै छैन

‘अहिले नेपाली न्युजरुमहरू परिवर्तनको बाधक बनिरहेका छन्। परम्परागत न्युजरुमहरू वा पुरानो नेतृत्वका नयाँ न्युजरुमहरूमा परिवर्तनसँग एक किसिमको डर देखिएको छ। यो अत्यन्त गम्भीर पक्ष हो।’

किन बुझ्ने नोम चोम्स्कीका कुरा?

अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदारझैँ सम्झन्छ, तर अमेरिकाकै एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ?

रुवान्डाबाट सिकौँ, प्लास्टिकमुक्त देश बनाऔँ

गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।

वनस्पतिजन्य प्रोटिन खाने कि पशुपक्षीजन्य?

भोजनशैलीलाई बेवास्ता गर्ने, उमेर तथा शारीरिक अवस्थालाई ध्यान नदिने, अत्यधिक प्रशोधित खानेकुरा खाने हो भने भोजन मासांहारी, सर्वहारी, शाकाहारी या विशुद्ध शाकाहारी भए पनि त्यो स्वस्थकर हुँदैन।

नेपालमा पाइने पदमचाल प्रजाति र प्रयोग

औषधिका रूपमा उच्च मागका कारण पदमचालको अत्यधिक व्यापार हुन्छ। निश्चित वासस्थानमा उम्रने र अर्कातिर धेरै प्रयोगका साथै व्यापार हुने भएकाले पदमचालका सबै प्रजाति लोपोन्मुख छन्।

मुद्दाको अन्तिम सुनुवाइ हुने बेला एनसेल किनबेच

नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।

बाल्यकालीन त्रासद सम्झाइदिने प्यालेस्टाइन–इजरायल युद्ध

यसरी हामीले हतारमा जीवनकै कष्टपूर्ण निर्णय गर्‍यौँ। म र आमा भने साढे दुई वर्षको भाइलाई च्यापेर जंगल पस्यौँ। घरमै बसियो भने सेनाबाट खतरा थियो।

चन्द्र ढकाललाई पत्र : राज्य संयन्त्र र निजी क्षेत्र मिलेर राज्यको अनुचित दोहन भयो

६० लाख साना लगानीकर्ताको अज्ञानताको अनुचित लाभ लिँदै जस्तासुकै कम्पनिले उच्च मूल्यमा प्राथमिक सेयर जारी गर्ने अर्को खेल सुरु भएको छ।

चन्द्र ढकाललाई पत्र: राज्य संयन्त्र र निजीक्षेत्र मिलेर राज्यको अनुचित दोहन भयो

जग्गाको मूल्य बढेर बेलुनझैँ फुलेको छ। सरकारी मूल्यांकनलाई नै आधार मान्दा पनि काठमाडौँ रिङरोडभित्रको निजी जग्गाको मूल्य अर्थतन्त्रको आकारजत्रो पुगिसकेको छ।

तीन घण्टे परीक्षाका १२ फाइदा

फुटबल खेलको समय ९० मिनेट हुन्छ। फुटबल खेलाडीलाई हेर्ने हो भने लामो समयसम्म अभ्यास गरेर ९० मिनेटलाई कसरी सदुपयोग गर्ने भन्नेबारे उनीहरूले योजना र रणनीति बनाउँछन् र नतिजा निकाल्छन्।

जाजरकोटलाई 'जर्जरकोट' नबनाऔँ

जाजरकोटलाई सबैले ‘बनाउने’ भन्न थालेका छन्, तर बनाउने नाममा सिमेन्टका थुप्रो थपथाप पारेर मात्र हुन्न, भूगोलको बनावट र निम्तिने जोखिमबारे गम्भीर अध्ययन पनि हुनुपर्छ।

सन्दर्भ कोप–२८: काठमाडौँका उपलब्धिहीन छलफल

जलवायुजन्य प्रकोपका कारण ग्रामिण क्षेत्रका विपन्न तथा गरिब परिवारको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्ततिरै छ।