नेपालमा पनि सामाजिक, सांस्कृतिक र बौद्धिक लगायत क्रान्ति भएपछि मात्र आमूल परिवर्तन हुने सम्भावना देखिन्छ। त्यसको मूल आधार भने प्रस्ट दृष्टि र विचार नै हो।
दलैपिच्छेका संघ र संगठनले कर्मचारीलाई कामको जिम्मेवारी नलिनुपर्ने अवस्थामा पुर्याएका छन्। कर्मचारी संघ, संगठनको काम दलहरूको स्वार्थ पूरा गर्ने झोले कार्यकर्ता उत्पादन गर्नु मात्र भएको छ।
सरकारमा जाँदा होस् या पार्टी चलाउँदा, मुलुक केबल एक व्यक्तिको प्रभाव क्षेत्र हुन लाग्यो। लोकतन्त्रको मर्म त्यो हुँदै होइन। मुलुक या संस्था व्यक्तिको प्रभाव क्षेत्र हुन सक्दैन।
जुन मूल्य प्रणालीले हिजो नेकपाको एकता भङ्ग भयो, ती मूल्य प्रणालीलाई करेक्सन गर्नुपर्छ। वाम आन्दोलनलाई एकताबद्ध गरियो भने स्वयम् वाम आन्दोलन र मुलुकको निम्ति हितकारी हुन्छ।
परिस्थितिमा नाटकीय फेरबदलसँगै एमाले, माओवादीसहितका दलहरूको सरकार बन्दैगर्दा राष्ट्रपति एमालेबाट बन्ने भएपछि सम्भावित राष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको नामसमेत चर्चामा छ।
नेपालमा वामपन्थी र राष्ट्रवादी शक्ति हाबी भएको अवस्थामा चीनलाई अमेरिका र भारतको प्रभाव कम गर्न र आफ्नो प्रभाव बढाउन सजिलो पर्नेछ भने भारत र अमेरिकाले पनि चीनको प्रभाव कम गर्न भरमग्दुर प्रयास गर्नेछन्।
चिट्ठा परे झैँ सत्ता प्राप्त भएपछि कांग्रेसमा, खासगरी प्रधानमन्त्री एवं पार्टी सभापति वरिपरि जम्मा भएको समूहले यसबीचमा सत्ताउन्मादी जे-जस्ता क्रियाकलाप गरिरह्यो, आज त्यसकै नतिजा आएको हो।
यो राज्यका सबैजसो निकायमा खस–आर्यको बढी प्रतिनिधित्व किन भइराखेको छ? के त्यस्तो गुदी कारण छ, उहाँहरूको मात्रै प्रतिनिधित्व हुनलाई?
म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन।
बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमका लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्।
कम्युनिस्टहरूको हकमा, चाहे ओलीको होस् या माधव नेपालको अथवा प्रचण्डको नै किन नहोस्, त्यहाँ संसदीय दलको नेता छान्ने कुनै प्रक्रिया र अभ्यास नै भएन।
१९९० सालको भूकम्पमा पनि टुँडिखेलमै जनतालाई पाल राखेर बसोबास गराएको मेरो सासूले सुनाउनुहुन्थ्यो। २०७२ सालको भूकम्पमा टुँडिखेल हामीहरू धेरैको आश्रयस्थल थियो।
काठमाडौँ महानगरले खुलामञ्चमा तीन तले पार्किङ बनाउने योजना अघि सारेपछि खुलामञ्चको स्वच्छन्दाता तथा मौलिकतामा असर पर्नेतिर सम्पदाकर्मी चिन्तित छन्।
दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।
चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।
अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एक पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन।
हेर्दा जति नै उदार र लचिलो लागे पनि हाम्रो संविधान अति नै कठोर बनाइएको छ। र, संविधान र जनमतबाटै 'हङ पार्लियामेन्ट'को अवस्था सिर्जित भएको हो।
पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। मेरो त्यागलाई कांग्रेसले बुझ्छ, पार्टीमा उत्साह आउँछ भन्ने लागेको छ।
जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन।
हर्कले विभेदजन्य कसुर मात्रै गरेका छैनन्, बारम्बार आफ्नो हर्कतलाई कसुर होइन भन्ने आशय व्यक्त गरेका छन्। जनप्रतिनिधि भएर स्वयं मौजुदा कानुन र जनभावनाको खिल्ली उडाएका छन्।