वैज्ञानिक ट्राफिक व्यवस्थापन र सवारी चालक शिक्षा लागू गरेर अरू देश सवारी दुर्घटना न्यूनीकरणमा सफल भएका छन्। हामीले पनि त्यसतर्फ तदारुकताका साथ पाइला चाल्नु आवश्यक छ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बर्रे संघर्ष भनिने सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर केशरमणि पोखरेलको ८५ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको छ।
कतिपय युवा र दीक्षित मतदाताले “अर्को निर्वाचनमा स्पष्ट विचार लिएर आउनु, अनि हेरौँला” भन्नु भएको थियो। र, गत चुनावमा आफ्ना एकएक मतदाता भेट्ने रणनीति लिएर म चुनावमा होमिएँ।
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
मलाई समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर।
विश्व राजनीति नियाल्ने हो भने प्रगतिशील मुद्दालाई जोडदारसँग बोक्ने काम राजनीतिक दलले मात्रै गरेका छैनन्।
“मैले समानुपातिकमा १० लाख मत आउने अपेक्षा गरेको थिएँ। थ्रेसहोल्ड नकट्ने त कुरै थिएन। मलाई केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ।”
आजको नेपाली कांग्रेसले असल सुझावहरूलाई मान्छ भन्नेमा ढुक्क नभए पनि कांग्रेसले वास्तविक वेस्टमिन्स्टर अभ्यासलाई पछ्यायोस्, जहाँ पार्टी संगठनको नेता र संसदीय दलकाे नेता फरक व्यक्ति होस्।
कोही आन्दोलनकर्मी निर्दोष भए वा प्रहरी अभियोजन दुराग्रहपूर्ण भए कानूनी र वैधानिक रूपमै निराकरण खोजिनु पर्छ। अन्यथा राजनीतिक निर्णयहरूले समाजको सद्भाव खलबल्याउने र दण्डहीनतालाई प्रोत्साहन दिने छ।
स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले शहर भौतिक संरचनाहरूको थुप्रो मात्र होइन, त्यहाँ बस्ने अनेक मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक योग हो भन्ने बुझ्नुपर्छ।
कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।
संसारका अनेक दर्शन, धर्म, खेल, साहित्यलगायत तमाम अन्य कुरा पुरुषलाई नै केन्द्रमा, त्यही नजर वा लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप भएको छ।
पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।
पार्टीले चिन्दै नचिनेका मानिसहरू सूचीमा परेर सांसद् बनेका छन्। अर्को पार्टीको अध्यक्ष पनि एमालेको सूचीबाट संघीय सांसद् हुने कुरा कुन विधि, विधान, पद्धति र प्रक्रियाबाट भयो?
इरानमा जस्तै शक्तिशाली ‘ऊहापोह’ यहाँ पनि आउन सक्छ। युगाैंदेखि थिचिएका र दबिएका मान्छेहरू हिंस्रक बनेर उत्रिए भने त्यसको प्रभाव सिङ्गो समाजले भोग्नुपर्नेछ।
६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?
पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।
राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।
कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।
पुँजीवादी देशहरू पनि वामपन्थबाट मुक्त छैनन्। जतिखेर पुँजीवाद संकटमा पर्छ, त्यतिखेर आफूलाई जोगाउनका लागि पुँजीवादले वामपन्थको अभ्यास गर्छ।