गर्मीमा सियाँलमा रमाउनु र जाडोमा पहारिलो घाममा उँग्न पाउनु। अनि जीवनमा फुर्सदिलो समय पाउनु, कस्तो अहोभाग्य!
इतिहासमा दरबारिया षड्यन्त्रलाई चिर्न शासकहरू युद्धको घोषणा गरेर भारदारहरूको ध्यान त्यतै मोडिदिन्थे। लोकतन्त्रमा जनता अल्मल्याउन जाँचबुझका नाममा अनेक समिति र आयोग बनाइन्छ।
काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।
सीमित मेमोरीयुक्त कृत्रिम बौद्धिकता धेरै जटिल हुन्छ र प्रतिक्रियाशील यन्त्रहरूको तुलनामा यसले धेरै सम्भावना प्रदान गर्छ। चालकरहित कार, च्याट जीपीटी, गुगल बोर्ड, यसका उदाहरण हुन्।
'जनयुद्ध'को स्तुतीकरण र विद्रुपीकरण दुवै अतिवाद हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प उत्सवको रूपमा मनाउनुपर्छ।
रवि मिडियाबाट उदाएर राजनीतिमा जुरुक्क उभिएका नेता हुन्। राजनीतिमा उनको उठान जसरी भयो, बैठान पनि सर्लक्कै हुने खतरा छँदैछ। यसले भविष्यको गर्भमा रहेका नयाँ पार्टीहरूलाई हतोत्साह हुनसक्छ।
जब स्कुलले ‘हामी अटिजम भएको बच्चा हेर्न सक्दैनौँ’ भन्यो तब फेरि मुटु फुट्लाजस्तो भयो, गला अवरुद्ध भयो, आवाजै आएन। छोरीका बाबालाई बोलाएँ र छोरी घर फिर्ता लिएर आयौँ।
पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!
संसदीय गतिविधिमा सरकारका प्राथमिकता र पूर्वतयारीबिना खाली औपचारिकताका लागि संसद् डाक्ने अभ्यासकै निरन्तरताका रूपमा सरकारले हिउँदे अधिवेशनको आह्वान गरेको छ।
बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?
राणाशासन र पञ्चायती व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।
संसदीय समिति गठन गर्न सकिने विषय हाम्रो संविधानमा नै उल्लेख छ। संसदीय समितिले सदन नचलेको बेलामा पनि काम गर्न सक्ने भएकाले संसद् सधैँ चलेझैँ अनुभूति पनि दिलाउँछन्।
किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।
हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्यो भन्नु उपयुक्त हुँदैन।
गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।
बिर्ता उन्मूलन ऐन, २०१६ संशोधन गरी किसानलाई आबाद कमोत (अहिलेसम्म जोतभोग गर्दै आएको)को आधारमा बिर्ता भनिएको जग्गा दर्ता गरिदिन किन नमिल्ने?
सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन।
खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।
प्राडा पाण्डेयको मूल व्यक्तित्व मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ।
राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।