अहिलेसम्म चाम्रो भएर बसेका मन्त्रीबाट नैतिकता प्रदर्शनको अपेक्षा गर्न सकिएन। त्यसो हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा जबाफदेहिता खोजून् भन्ने अपेक्षा छ।
मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?
हामीलाई कस्तो समाधान चाहिएको हो र समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषिभूमिबाट निमिट्यान्न पार्न खोजेका हौँ?
पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं उही दन्त्यकथाको युगमा हुनुहुन्छ। जहिले नि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?’
जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।
मिडियाले के बुझ्नुपर्छ भने सबैतिर चोर औँला देखाइरहँदा बाँकी चार वटा औँलाले आफूतिर नै देखाइरहेका छन्। प्रविधिको विकास र सामाजिक सञ्जालमा मानिसको उपस्थितिसँगै यो बढ्दै जानेछ भन्ने मिडियाले बुझ्नुपर्छ।
परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, तर व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल लिनुपर्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्लाई चोट नपुर्याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ
देशमै केही गर्ने अवसर हुँदा विदेशको राम्रो कमाइ र उच्च सुविधासमेत त्याग्न कतिपय तयार हुन्छन्। तर, राजनीतिक र सामाजिक वाधा अड्चन नहटेसम्म अधिकांश नेपाली युवाको पहिलो रोजाई विदेश नै रहने देखिन्छ।
समस्या पहिचान गर्न विभिन्न सरकारी अधिकारी र निकायबीच सहकार्य र समन्वय हुनुपर्छ, न कि एक-अर्कामा आरोप-प्रत्यारोप र वक्तव्यबाजी।
पोखरा र भैरहवासमेतको अन्तर्राष्ट्रियस्तरमा ‘मार्केटिङ’ गर्दै नेपालमा विदेशी पर्यटक भित्र्याउन निजी संस्थामार्फत सजिलो हुन्छ। प्रक्रियागत झन्झटले सरकारी निकाय चुकिरहेको अवस्थामा यो तरिका सही हुने छ।
नेपालमा यो ‘गोल! गोल!’को गोलचक्कर संविधान निर्माणको बेलादेखि शुरू भएको हो। समाजको एउटा तप्काले ‘फाउल प्ले’ भन्दाभन्दै बहुमतीय आधारमा ‘गोल! गोल!’ भन्दै संविधान पारित गरियो।
किरातहरू जातिवादी थिएनन्। उनीहरूमा जातीय अहंकार पनि थिएन। काठमाडौँ उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा उनीहरूले नामको पछि जात वा थर लेखेनन्।
देशका अन्य ठाउँमा आधारभूत सेवाका लागि बजेट पुगेको छैन। चितवनमा भने फन्टुस काममा बजेट खन्याइएको छ। विकेन्द्रीकरणको वकालत गर्ने केन्द्रीय सत्तालाई यो मनोमानी गर्ने छुट कसरी भयो?
बारम्बार पूर्वअधिकारीलाई बोलाउनै पर्ने र तिनको सुझाव समेट्नै पर्ने परम्पराले नीतिगत अग्रप्रस्थान सम्भव हुन्छ? कसरी मुलुक रूपान्तर हुन्छ?
पत्रकार साथीले ‘राजाको टिप्पणीबारे के सोच्नु भएको छ?’ भनेर सोधे। मैले भनेँ, ‘मेरो दिमागमा त जंगली हात्ती आइरहेको छ, निलगाई आइरहेको छ।’
सडक व्यवसायलाई फोहोर फाल्ने धन्दाका रूपमा मात्रै चिनेको देखिन्छ। त्यसो हुनु दुर्भाग्यपूर्ण हो, किनकि उनीहरूको भूमिका हाम्रो सामाजिक तथा अर्थतन्त्रको दृष्टिकोणबाट बहुआयामिक देखिन्छ।
चर्चित अनुहारको क्षणिक आदर्शभन्दा निकै सुन्दर छन् आम मान्छेका संघर्षपूर्ण वैवाहिक जीवनका कहानी।
मुनाफामा जोड, उत्पादनका साधनहरूको निजीकरण, प्राकृतिक स्रोतको असीमित दोहन, निरन्तर आर्थिक वृद्धिको दुहाई र सेवा तथा सुविधाको वस्तुकरणमार्फत पुँजीवादी खुलाबजार अर्थतन्त्रले पर्यावरणीय संकट निम्त्यायो।
हजुरबुबाले पाखोबारी जोडे। बुबाले लालपुर्जा लिन लडे र बेचबिखन गरेर सुगममा सन्तानको सुखका लागि बसाइँ सारे। नातिले यतिले नपुगेर बिदेसिनु परेको छ।
प्रदीप गिरि भन्नुहुन्थ्यो– स्थापनाकालदेखि नै नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेश नै हो। कांग्रेसले आदर्श र विचारधाराको क्षेत्रमा तयारी गर्नुपर्ने छ। मधेशलाई सम्बोधन गर्दै भन्नुपर्ने अनेक छन्।