AnonymousUser

Logout

मार्क्स र गालिब: दुई भिन्न बौद्धिक व्यक्तित्वको संवाद

गालिब मार्क्सलाई लेख्छन्– दर्शनशास्त्रमा तपाईंको रुचि छ भने वेदान्त र वहदत उल वजूद (एकेश्वरवादको सुफी दर्शन) अध्ययन गर्नूस्। केवल विचारमाथि विचारको राग अलाप्न बन्द गर्नूस्।

पहिलो चरणमा मतदातामा देखिएको कम रुचिले मोदीलाई के फरक पार्छ?

यस पटक भाजपाका लागि आफ्ना समर्थकलाई मतदान केन्द्रमा तान्न निकै कठिन हुनेछ। समर्थकहरूले आफ्नो वफादारी बदलेका छैनन्, तर उनीहरू यस पटक मोदीको लागि लड्न उत्प्रेरित छैनन्।

बैंक बखेडा: यी नडुबे को डुब्ने?

विद्यमान अवस्थामा पनि किन बैंकहरू मुनाफा आर्जन गर्न सफल छन्? उत्तर सहज छ, तिनले बचतकर्तालाई दिनेभन्दा अत्यधिक धेरै ब्याज भार ऋणीलाई बोकाउँछन्।

डाक्टर भएर नि आत्महत्या!

सञ्जालका भित्तामा आदर्श सन्देश लेख्नुपहिले आफू वरपरका आफन्त र साथीहरूलाई हेरौँ। कतै हामी नै कसैको मानसिक समस्याको कारक त भइरहेका छैनौँ?

‘गडमेन’ धन्दा: भारतीय सत्ताले कसरी रामदेवलाई संरक्षण र प्रचार गर्‍यो?

रामदेवहरू धार्मिकता(पवित्रता)को फाइदा उठाउँछन्, आफूलाई आलोचनाभन्दा माथि रहेको ठान्छन्। रोग र औषधिको मनलागी व्याख्या गर्छन्। कुनै बेला रामदेव आफूसँग क्यान्सर र एड्सको समेत उपचार रहेको दाबी गर्थे।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सकसपूर्ण वित्तीय व्यवस्थाको चर्चा

अर्थतन्त्रका तीनवटै खम्बा धरमराएको यो समयमा सरकारले लगानी सम्मेलनको आयोजना गर्दै छ। विगतको तथ्यांक हेर्दा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था टिठलाग्दो छ।

मतदातालाई अनुरोध: दुई धारमध्ये एक रोजौँ

राष्ट्रपतिजस्तो देशको सर्वोच्च पदमा आसीन व्यक्तिसमेत तिनकै 'पूर्वपार्टी'प्रति बफादार भए। प्रधानमन्त्री त देशको भएनन्-भएनन्, एउटा दलको पनि खास समूहको 'पेवा नेता' बने।

इरान-इजरायल युद्धको खतरा: नियममा आधारित विश्व व्यवस्थाको उड्यो खिल्ली

इरानले निकै धैर्य गरेर युद्धको दायरा फराकिलो नबनाउन कोशिश गरिरहेको देखिन्छ। तर इजरायलले लगातार गरिरहेको उत्तेजनात्मक कारबाहीको सन्दर्भमा कतिन्जेलसम्म उसले संयम कायम राख्न सक्ला भन्न सकिँदैन। 

शिक्षा क्षेत्रमा सुधार: ‘डु ओर डाइ’

सुमनाले उतिखेर भनेकी थिइन्, “गुनासो र निराशाको कुरा गर्ने हो भने अहिले आम जनताले नेतालाई गाली गर्न पनि अल्छी मान्न थाले, अब पनि राम्रो गर्ने कोशिश गरिएन भने त के राजनीति गर्नु?”

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न

यो भूगोलमा राष्ट्रिय पहिचानका दुई ठूला आन्दोलन छन्। पहिलो, स्वशासनयुक्त लिम्बुवानको राजनीतिक आन्दोलन। दोस्रो, सभ्यतासँग जोडिएको किरात पहिचानको आन्दोलन। अहिले दुवै आन्दोलन एकाकार भएका छन्।

विक्रम संवत्‌को नयाँ वर्ष: केही किंवदन्ती, केही परम्परा

यो साल फलानो काम सम्पन्न गरिछाड्छु या फलानो खराब आदत छाड्नेछु भन्ने वाचा या प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि कतिपयले नयाँ साललाई लिन्छन्।

‘चिनी सरकार’माथि नुनिलो प्रहार

संसद‍्मा कांग्रेस र सडकमा राप्रपाले लखेटेको रास्वपा र गृहमन्त्री रवि लामिछाने बोकेर एमाले र माओवादीले कति दिन आफ्नो थाप्लोमा बदमासीको ‘सेल्टर’ दिइरहलान्।

सपना जति खल्लीबल्ली!

कोही सीसी क्यामरा देख्नासाथै कमिजको फेर समातेर भागिरहेका छन्, कोही ‘हिमालयन रिजर्भ’ नाम सम्झेरै कम्पित छन्। कोही ७० करोडको ह्यास–ट्यागमा भगौडा बनिरहेका छन्।

नेपाली उत्पादनमा ‘ब्रान्डिङ’को खाँचो

स्वदेशमै खपत भइरहेका कतिपय उत्पादनले समयसापेक्ष ‘लेबलिङ’ र ‘ब्रान्डिङ’ गर्न नसक्दा आयातित वस्तुले तिनलाई विस्थापित गर्दै लागेको छ। उत्पादनले उचित मूल्य पाउन सकेको छैन।

कृत्रिम बौद्धिकता: मेसिनलाई मान्छेझैँ सोच्ने बनाउन सकिएला?

यन्त्रमा मान्छेकोझैँ दिमाग, चेतना र मानसिक अवस्था विद्यमान हुन सक्छन् त? भन्ने नै मुख्य दार्शनिक प्रश्न हो। यो अन्य दिमागी र चेतनाको कठोर समस्यासँग सम्बन्धित छ।

वन्यजन्तुप्रति दुर्व्यवहार: स्रोतसम्पन्न संस्थाको सक्रियता खै?

जंगलमा बस्ने बाघको नाममा चर्चा र पुरस्कार लिइरहँदा अनुचित रूपमा थुनिएका र दुर्व्यवहार गरिएका बाघ र अन्य जनावरबारे स्रोतसाधन सम्पन्न संस्थाहरूले बोल्नुपर्छ।

पुकार बम र सन्तोष परियारलाई पत्र

संसारका सबै लोकतान्त्रिक देशमा नागरिकले भेला भएर सत्ताप्रति आक्रोश पोख्ने र खबरदारी गर्ने साझा ठाउँ औपचारिक र अनौपचारिक रूपमा बनाएका/बनेका हुन्छन्। 

पर्या–साहित्यको सौन्दर्यशास्त्रबारे विवेचना

को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।

गोवाको सिंगल मल्ट ह्विस्की र नेपालमा ‘प्रिमियम’ रक्सीको सम्भावना

ह्विस्कीका धेरै प्रकार भ‌ए पनि सिंगल मल्टको विशेष स्थान छ। अरू ह्विस्की विभिन्न ठाउँमा बनाएर मिसाइन्छन् भने सिंगल मल्ट एउटै ठाउँ र अझ एउटै फ्याक्ट्रीबाट बनाइएको हुन्छ।

‘दूधपोखरी’को आलोकमा सुशासन र आर्थिक विकास

कुनै राम्रो नेतृत्व आउँछ र उसले माथिबाट सुशासनको बिगुल फुक्छ, अनि फेदैसम्म सुशासन कायम हुन्छ भन्ने भ्रममा हामी बाँचिरहेका छौँ।