काठमाडौँ-पोखरासमेत सडकले नजोडिएका बेला त्रिशूली बजारसम्म मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र सडक सञ्जाल जोडिएको थियो।
पालिकाहरूले कृषि समूह निर्माण गरेर, त्यहाँको माटोमा सबैभन्दा सुहाउँदो बाली लगाउन निर्देश गर्ने, बजारका लागि सहजीकरण गर्नुपर्छ। महिला र युवाहरूलाई केन्द्रमा राखेर कृषि कार्यक्रम सञ्चालन गर्नुपर्छ।
चर्चाका लागि ‘दाता स्थानीय तह’जस्तो देखाउन छोडेर आफैँले उठिबास लगाएका, सडकछेउमा सानोतिनो व्यवसाय गरेर गुजारा गर्ने समुदाय, सार्वजनिक यातायातका श्रमिक आदिका लागि केही गर्ने कि?
कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।
बहुमत जनता बाँच्नकै लागि श्रम गरिरहेका छन्, उनीहरू चेतनशील छन् र तिनलाई हिन्दू, क्रिश्चियन वा इस्लाम राज्य चाहिएको छैन। मानव-मानवबीच सौर्हाद, मानवीयता, सामाजिक न्याय र समानता चाहिएको छ।
नेपाली समाजले सामाजिक सञ्जालको अधिकतम दुरुपयोग गरिरहेको छ। मुखले गाली गरेर अथवा लेखेर गरिने हिजोका गाली अहिले सामाजिक सञ्जालमा सहजै व्यक्त हुन थालेका छन्। हतियारका रूपमा सञ्जालको प्रयोग गरिएको छ।
वैदेशिक रोजगारीले देशमा पैसा त भित्र्याउँछ, तर प्रियजन गम्भीर बिमारी हुँदासमेत छोराछोरी र आफन्त भेट्न आउन पाउँदैनन्, भ्याउँदैनन्।
प्रदेशहरूलाई हेरेर ‘संघीयता समस्या बन्यो’ भन्ने जस्तो भाष्य बनिरहेछ, संविधानलाई चलायमान बनाउन राजनीतिक नेतृत्व इमान्दार बनेको र प्रदेशलाई हेर्ने संघको नजर फेरिएको भए परिस्थिति भिन्नै हुन्थ्यो।
प्रत्येक रूख प्राकृतिक स्रोत र जैविक विविधताको सानो अंशका मात्र नभई आफैँ ‘एक सिंगो जैविक विविधताको संसार’ हो। त्यसैले रूख चिनौँ। संरक्षणसँगै उपयोग पनि गरौँ।
गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो।
समाजका प्रत्येक क्षेत्रमा बिस्तार हुँदै गएको 'सानालाई ऐन ठूलालाई चैन' अर्थतन्त्रमा हाबी भएको छ। प्रमुख खेलाडी कानूनभन्दा माथि छन्। तिनले गरेको गैरकानूनी कार्यलाई समेत जायज ठान्ने संस्कार हाबी हुँदैछ।
मानिसलाई विष लाग्ने खतरा कति समय र मात्रा विषादीको सिधा सम्पर्कमा रहन्छ, भन्ने कुरामा पनि भर पर्छ। जो विषादीको निरन्तर सम्पर्कमा रहन्छन्, तिनमा विषादीको जोखिम ज्यादा हुन्छ।
पारसले मैदानबाहिरको खेल खेल्न साह्रै गाह्रो हुने बताउने गरेका छन्। क्यानको चुनाव लड्दासमेत ठूलै पहाड चढेको महसुस गर्ने उनी त्यहाँको बेथिति र अस्तव्यस्ततासित कसरी जुध्लान् भन्ने प्रश्न तेर्सिएको छ।
‘वैकल्पिक राजनीति’ले परस्पर विपरीत ध्रुवझैँ देखिने नेपाली आप्रवासी कामदारका दु:ख र समाजका हुनेखाने वर्गका आकांक्षा दुवैलाई अँगाल्न सकेन भने उनीहरूका राजनीतिक चालबाजी किशोरावस्थाका कल्पनाझैँ बन्नेछन्।
हामीले सडकमा अराजकता हुनुपर्छ भनेको पटक्कै होइन। निश्चित समय तोकेर र न्यूनतम शुल्क लिएर सडक व्यवसाय सञ्चालन गर्न दिइनुपर्छ भन्ने माग हो। अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो।
कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। तोकिएभन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर बिरामको काउन्सिलिङ र जाँच गर्न लामो समय हुँदैन।
समाजमा कैयौँ काव्यहरू रचिएका छन्। सानो हुँदा हामीले सुनेका रहस्यमय र काल्पनिक कथाका पात्रहरूलाई हामी बिस्तारै वास्तविक चरित्रका रूपमा लिँदा रहेछौँ। आस्थाको रूपमा बदलिँदो रहेछ।
हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।
धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
संविधानमा मूलरूपमा दुई वटा विभेद छन्। पहिलो, पुरुष नागरिक र महिला नागरिकका सन्तानले पाउने पहिचानमै विभेद छ। दोस्रो, पुरुष नागरिक र महिला नागरिकको परिवार र सम्पत्तिको हक तथा पहिचानमा विभेद छ।