AnonymousUser

Logout

इन्टरनेट र 'पपुलर कल्चर': मान्छेहरू एक्लै रमाइरहेका छन् त?

ब्रह्माण्ड चियाउने सम्भावनायुक्त आँखा त्यही 'स्क्रिन'मा प्रक्षेपित 'मिराज'लाई सत्य ठानेर लठ्ठ छ। एक कुनामा लुकेर त्यसरी रमाउने एक्लोपनका लागि त यति फराकिलो संसार नै किन चाहिन्थ्यो र?

जलवायु परिवर्तन: गरिबलाई झनै मर्का

जलवायु परिवर्तनका असरहरू एकीकृत छन्। कतै बाढी आएको छ,  कतै पानीको कमी छ,  कतै डढेलो लागिरहेको छ। यसको निरूपण पनि एकीकृत र व्यापक रूपमा हुनुपर्छ।

राष्ट्रले नै बनाएका शरणार्थीहरू

हाम्रो समाजमा पहिलेदेखि नै चिनजान, भनसुन र नातावाद गहिरो गरी हाबी छ, जसका कारण विदेशबाट फर्केर स्वदेशमा केही गरौँ भन्नेहरू समेत निराश भई पुनः विदेश नै फर्कने गरेका छन्।

मणिपुर घटनाः सभ्यतामाथिकै प्रश्न

मानव जातिले आर्टिफिसियल इन्टेलिजेन्स र 'बायो इन्जिनियरिङ'को क्षेत्रमा अविश्वसनीय विकास गर्दै गर्दा हामी मणिपुरको साक्षी बस्न अभिशप्त छौँ।

जात व्यवस्था: समस्या जरामै छ, उखेल्नुपर्छ

संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउन सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थनजत्तिकै गम्भीर विषय हो।

घटना मणिपुरको, सवाल महिलामाथिको हिंसाको

लेखक अरुन्धती रोयले केही दिनअघि भनिन्, 'हामी यथार्थबारे कुरा नबुझ्ने भएका छौँ। प्रहरीले समेत महिलालाई समातेर बलात्कार गर्नका लागि भिडलाई बुझाएको छ।'

सांसदको काम के हो, पहिले सांसदले नै बुझौँ

अब हामीलाई अलमलिने छुट छैन। आफ्नो प्राथमिकतामा स्पष्ट बनौँ। नीति निर्माण कि विकास भन्ने प्रश्नमा अलमलिने होइन, नीति निर्माण नै विकास हो भन्ने कुरा नागरिकलाई बुझाऔँ।

हाम्रा वनस्पतिहरूको अपूरो अध्ययनलाई कसरी पूरा गर्ने?

पछिल्ला केही दशकयता पर्याप्त प्रशिक्षण र अध्ययनले गर्दा नेपाली वनस्पति विज्ञहरू पनि विदेशी विज्ञसरह वनस्पतिहरूको सही पहिचान, संकलन र तिनकाबारे पूर्ण वैज्ञानिक विवरण लेख्न सक्ने भएका छन्।

सुरुङ–यात्रामा कसरी गर्ने जोखिम नियन्त्रण?

सुरुङमार्गले यात्रा दक्षतामा वृद्धि र यात्रा समय बचत गर्छ, तर खुला सडकको तुलनामा दुर्घटनाका जोखिम थपिएका हुन्छन्। सुरुङमा दुर्घटनाको दर कम देखिए पनि, दुर्घटनाको परिणाम भने गम्भीर हुन्छ।

वैचारिक सन्नाटाबीच लोकरिझ्याइँवादीको रजाइँ

आफ्नो 'समाजवादी मोडेल'बाट यिनले सर्वप्रथम स्वयम् शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई 'डेलिभरी' दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु न ओकल्नु हुनेछ।

वैचारिक सन्नाटाबीच ‘लोकरिझ्याइँवाद’को रजाइँ

आफ्नो ‘समाजवादी मोडेल’बाट यिनले सर्वप्रथम स्वयं शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई ‘डेलिभरी’ दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।

पृथ्वीनारायण शाहको पिताको मृत्युमा जब सेवक पुरुष सती गए…

पृथ्वीनारायणका पिता नरभूपालको प्रिय सेवक (कमारो) युवक उनीसँगै 'सती' गएको प्रसंगले कतै उनी जीवनको उत्तरार्द्धमा समलिंगी प्रेममा डुबेका त थिएनन् भन्ने आशंका गर्न सकिन्छ।

सार्वजनिक यातायात सुधार्ने कसरी?

ट्राफिक व्यवस्थापनका लागि काठमाडौँमा बाहिरी रिङरोड आवश्यक देखिँदैन। त्यसले उल्टै सार्वजनिक यातायातलाई मर्का पर्छ। बरु, 'अन्डरग्राउन्ड सबवे' आवश्यक भइसक्यो।

किन जलाइन्छ दलितको घर?

अहिलेसम्म उत्पीडित समुदायलाई ढुक्कसँग ओतमुनि सुत्न दिइएको छैन। सधैँ त्रस्त र आतंकित बनाइएको छ। धर्म, संस्कृति, लच्छिन, अलच्छिन, दशा, ग्रहका अनेकौँ नाममा दलितलाई 'पापी' करार गरिएको छ, दुत्कारिएको छ।

संवैधानिक मूल्य नमान्दा कोशी प्रदेशमा देखिएको झमेला

गठबन्धन सरकारको नेतृत्व गर्ने अधिकार जनताले कांग्रेसलाई दिएका हुन्, तर यो कुरा स्वयं कांग्रेसकै नेता मान्दैनन् र उनीहरू भन्छन्– ‘हाम्रो नेता त प्रचण्ड हुन्।’

बाघ मारेर संरक्षण सम्भव छ?

बाघको संख्या वृद्धि गर्ने बेला बिनायोजना भकाभक वृद्धि गर्ने, तर अहिले आएर नियन्त्रणका नाममा खोरमा राख्ने तर्क आफैँमा अनैतिक छ। पर्यटक तान्ने र पैसा कमाउने उद्देश्यले यसो गर्नु बाघको शोषण हो।

प्रचण्ड सरकारको कार्यसम्पादन: दैनिक प्रशासन र आयोजना कार्यान्वयनमा कमजोर, भ्रष्टाचारविरुद्ध आशाप्रद

सिंहदरबार सजिलै छिर्न सक्ने, देशका ‘ठूला दरबार’मा सहजै पहुँच पाउने र नेताहरूसँग सजिलै भेटघाट गर्न सक्ने एउटा ‘सर्कल’ले हाम्रा नेताहरूलाई गलत ढंगले प्रभाव पारिरहेको छ।

किन गरिन्छ सुन तस्करी?

सुन तस्करी, सुनको माग र आपूर्तिसँग जोडिन्छ। यसको नियन्त्रण सरकारको प्राथमिकतादेखि अख्तियारीप्राप्त निकायको क्षमता र त्यहाँको ‘राजनीति’मा समेत निर्भर हुन्छ। हामीकहाँ योविघ्न सुन तस्करी किन भइरहेको छ?

सरकार ताते हल हुन्छ मिटरब्याजी समस्या

सरकारले संशोधित ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न सक्यो भने मधेशमा मिटरब्याज उन्मुलन नै हुन्छ। त्यसैले त मिटरब्याजी यतिखेर त्रस्त छन्। भर्खरै महोत्तरीमा ३०–३५ जना साहुकार आफ्ना ऋणीसँग गएर मिलेछन्। 

'ग्रासरूट' क्रिकेट: टोल र विद्यालयमै क्रिकेट प्रतियोगिता गरौँ

ग्रासरूटमा क्रिकेट विकासका लागि लाग्नुपर्ने जिल्ला क्रिकेट संघले हो। तर, पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेक केही काम भएको छैन। ग्रासरूटमा क्रिकेट विकासको अवस्था अत्यन्त दयनीय छ।