वार्षिक बजेटको सिलिङ १७ खर्ब बराबरको हो। त्यसमध्ये सवा १० खर्ब रुपैयाँ जुनसुकै सरकार आए पनि कर्मचारीको तलब भत्ता, नियमित, प्रशासनिक, सामाजिक सुरक्षा भत्तालगायतका अनिवार्य दायित्वमा जान्छ।
नेपालीहरू विदेशमा स्थायी रूपले बस्न थालेपछिको पहिलो पुस्ताले बल्ल राम्रोसँग पाइला टेक्न थालेका छन्। उनीहरूले नेपालको सम्पत्ति बेचेर विभिन्न गैरकानूनी माध्यमबाट धमाधम आफू बस्ने देशमा लान थालेका छन्।
टीयु क्रिकेट मैदानका अतिरिक्त माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानको काम सकेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिन्छ।
मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या भएको मधेशी क्लस्टरभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको मात्र प्रभाव रहेको हुँदा अरू जातजातिको उत्साह घटेको छ।
विदेशका मानिस नेपालका सुन्दर हरिया डाँडा र मोहक हिमशृंखला हेर्न आउँछन्, तर तुवाँलोले छेकेका कारण रित्तै फर्किनु पर्यो भने अर्को पटक उनीहरू यहाँ आउने छैनन्।
संगठन सुदृढ पार्ने र गठबन्धनबाट बाहिरिने अजेन्डालाई मूर्तरूप दिन नेपाली कांग्रेस यथाशक्य चाँडो वैधानिक प्रक्रियामा जानै पर्छ। त्यसका लागि सबैभन्दा उपयुक्त मञ्च हो केन्द्रीय महाधिवेशन।
प्रश्नैप्रश्न माझ विभिन्न अड्कलबाजीहरू शुरू भए। जहाजको 'फलोअप' गर्दा सो उडान निर्धारित समयभन्दा केही ढिला गरेर पूर्व निर्धारित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गर्यो। म ढुक्क भएँ।
सत्ता र सञ्चार प्रविधिले आज रचना गरेको दृष्टिकोण र प्रवृत्ति आलोचनात्मक चेतनाको विरोधमा छ। व्यक्ति आफ्नो सत्यलाई, अनुभव र बुझाइलाई नै सबैथोक ठान्दैछ। यसको प्रभाव सिर्जनाको संसारमा पनि पर्दैछ।
पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ-चाहे त्यो सडकमा होस् वा पार्टीभित्र।
परिवार नियोजनका साधन प्रयोग गर्नुअघि कति जोडीले/महिलाले डाक्टरसँग परामर्श लिन्छन् होला? अझ अविवाहित जोडीको हकमा परामर्शको अवस्था कस्तो होला? यसबारे नेपालको स्वास्थ्य क्षेत्र चिन्तित देखिँदैन।
रास्वपाजस्ता सिद्धान्त, विचार र कार्यदिशासमेत स्पष्ट नभइसकेको पार्टी विकल्पका रूपमा आउनुको अर्थ जनता राजनीतिमा विकल्पका लागि छटपटाएका छन् भन्ने हो।
चाहेर पनि जनता अब कांग्रेस, एमाले र माओवादीको किल्ला बन्न जाने छैनन्। समय अघि बढ्यो। जनता अघि बढे। आँधीलाई रोक्न हत्केलाहरू काफी हुने छैनन्। अहिले त घण्टी बज्यो, बाजा बज्न बाँकी छ।
केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधाजसो पढेँ। उनको किताब पढेर निराशाबाहेक केही हात लागेन।
जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिम समेत बदल्छन्।
आजका नेताहरूमध्ये हिजो कसैले बन्दुक बोक्नुभयो, कोही आन्दोलन गरेका कारण जेल बस्नुभयो। तर, देश बनाउनका लागि जुन भिजन र मिसन चाहिन्छ, उहाँहरूमा त्यो थिएन।
सहकारीका सिद्धान्त र विश्वव्यापी मान्यता छन् जसले राज्यको ‘कम्पन’ सकेसम्म कम हुनुपर्छ भन्छन्। अर्थात् राज्यले सहकारी नियन्त्रण गर्ने होइन। तर, अवधारणाअनुसार सहकारी चलेका भए अहिलेको समस्या आउँदैन्थ्यो।
३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।
आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।
जबसम्म सत्तासीनहरू राष्ट्रिय सम्पत्ति भनेको आफूले अंशमा पाएको बपौतीजस्तो व्यवहार गर्छन् र त्यसलाई बाँड्नु नै आफ्नो अधिकार भएको ठान्छन्, तबसम्म यो फगत बहसको विषय मात्र बनिरहन्छ।
प्रणाली स्थापना गर्न खोज्ने केही सदाचारी कर्मचारीहरू हुँदै नभएका भने होइनन्। मरुभूमिमा पानीका थोपाझैँ देखिन्छ तिनको हैसियत।