पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छैनन्। अहिले १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्
रास्वपा सरकारमा जाने कि नजाने भन्नेबारे अहिले त्यहाँभित्र पनि दुई बलिया धार छन्। तर, उसको मुख्य ध्येय भने २०८४ सालको निर्वाचनलाई लक्षित गरेर संगठन तयार गर्ने देखिन्छ।
कानूनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको बताएका छन्।
सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बुधबार कांग्रेसका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।
नेपाली कांग्रेसका तीन जनालाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्।
पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।
हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले कोइरीलाई निलम्बित गरिएको सूचना टाँस गरेको जनाएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई डेढ वर्षभित्र रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्।
सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँले गर्न चाहेको स्वकीय सचिवालयमार्फत जनाएका हुन्।
सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।