‘झ्याल–झ्यालमा मन्त्रालय’जस्तो विकृत अभ्यासको विम्ब बनेका प्रदेश सरकारहरूले त्यसबाट पाठ सिकेरै हुनसक्छ, मन्त्रालय संख्या कटौती गर्न थालेका छन्। तर, गिर्दो साख उकास्न सुधारका धेरै काम गर्नुपर्ने छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने, आगामी दिनमा सल्लाहअनुसार नै अघि बढ्ने बताएका छन्।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले सहितका सबै दलहरूको सहमतिका आधारमा नै राष्ट्रपतिको चयन हुने बताएका छन्।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेपछि गृह मन्त्रालयका विषयमा निर्णय लिने पार्टी पदाधिकारीलाई जानकारी गराएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताउँदै मिडियालाई सेवामूलक उद्योगको मान्यता दिने बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो पटक भेटेका छन्।
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।
मजदुर, किसान र सर्वसाधारणले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको ज्ञापनपत्रमा उल्लेख छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
अब बन्ने राष्ट्रपतिलाई लिएर सत्तागठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादीबीच नजानिँदो तवरले विवाद बढ्ने संकेत देखिइरहँदा एक महिनापछि हुने राष्ट्रपति निर्वाचनसम्म परिदृश्य थप रोचक बन्ने देखिन्छ।
पुन: रास्वपा सभापति भएलगत्तै आइतबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका लामिछानेले गृहमन्त्री बनाउन प्रस्ताव गरे। प्रधानमन्त्रीले केही नबोले पनि माओवादी नेताहरू सो पद रास्वपाले नपाउने बताउँछन्।
उपाध्यक्ष महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री दाहालले निर्णय गर्ने भएकाले पार्टीभित्र प्रवेश नै नगराइएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति पदका लागि बदलिएको नयाँ परिस्थितिअनुसार सहमति खोजिनु पर्ने बताएका छन्।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्।
भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
शहीद दिवसका अवसरमा सभामुख देवराज घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्।
कांग्रेसले स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकेको छ।
आइतबार तीन घण्टामा तीनपटक बसेको रास्वपा केन्द्रीय समिति बैठकले रवि लामिछानेलाई पार्टी सदस्यता दिँदै पुनः सभापति चुन्यो। र, स्वार्थ बाझिने गृह मन्त्रालय ‘कुनै हालतमा नछाड्ने’ अडान राख्यो।