AnonymousUser

Logout

रविको नागरिकता कायम नरहेको सर्वोच्चको ठहर, गयो सांसद, मन्त्री र पार्टी सभापतिको पद

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको कानूनी हैसियत कायम नरहेको ठहर गरेको छ।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ। 

निर्वाचन सुधारका लागि ऐन संशोधन प्रस्ताव ल्याउँदै आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने माओवादीको जोड, कांग्रेस–एमालेसँग छलफल गर्दै

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने माओवादी नेता पौडेलको तर्क छ।

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएका छन्।

प्रधानमन्त्रीको प्रतिबद्धता परीक्षण गर्न सरकारलाई कांग्रेसको समर्थन : प्रकाशशरण महत

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको बताए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको उनको भनाइ छ।

मन्त्रिपरिषद्ले बदल्यो क्रसर बन्द गर्ने गृहको निर्णय, असारसम्मको समय दिइने

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न समय थप्ने निर्णय गरेको छ।

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ।

बागमतीमा बन्यो ११ सदस्यीय मन्त्रिपरिषद्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले थप आठ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका छन्।

राष्ट्रपतिमा खोजी भइरहेको ‘स्वीकार्य’ अनुहार

नयाँ राष्ट्रपति चयनमा ‘राष्ट्रिय सहमति’ भनेर प्रधानमन्त्री दाहालले चलेको चालका पछाडि अरू धेरै रणनीति हुन सक्छन्। प्रमुख उद्देश्य भने ‘भित्र र बाहिर’ सबैतिर स्वीकार्य हुने अनुहारकै खोजी देखिन्छ।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।

रवि लामिछानेविरुद्धको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ हुँदै

पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।

गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। योसँगै प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।

मन्त्रिमण्डलमा बसेर संघीयताविरुद्ध बोल्नेलाई स्पष्टीकरण सोध्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी धारणा सार्वजनिक गर्नु कानूनी तथा नैतिक रूपमा उपयुक्त नहुने बताएका छन्।

सदनमा एमाले सांसदको आग्रह– लक्ष्मी महतोलाई अपराधीका रूपमा चर्चा नगरौँ

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।

देश बचाउन कांग्रेस-कम्युनिस्ट मिल्नुको विकल्प छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्र बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन्।