नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्र बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन्।
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे।
वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे।
उनले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिस्ट दुवै शक्ति मिलेर अघि बढ्नुपर्ने बताए।
नेता पौडेलले भने, “यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैतिरबाट षडयन्त्र भइरहेको छ। यसलाई बचाउन सबै दल एकै ठाउँमा हुने कि नहुने? यसलाई जोगाउन एक ठाउँमा हुने कि नहुने? कांग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने? यो व्यवस्था दुइटै शक्ति मिलेन ल्याइएको हो। त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ।”
वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाइ गर्न नहुने पनि जोड दिए।
राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
