प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।
आगामी सरकार गठनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले चुनावको अनपेक्षित नतिजाबारे ‘तितो पोखेपछि’ विषय प्रवेश नै हुन सकेन।
सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
वर्तमान सत्तागठबन्धनका दलहरू आफ्नै सरकार बनाउने कसरतमा जुटिरहँदा नेतृत्वमा माओवादीको दाबीले अर्को जटिलता थप्ने देखिन्छ।
मनाङेले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा एकीकृत समाजवादीम रहेको भन्दै पार्टी प्रवेश गरेको जनाएका छन्।
सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनमा नेपाली कांग्रेसलाई मात्र फाइदा भएको भन्दै असन्तुष्टि जनाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा बागी उम्मेदवारलाई कारबाही गर्ने सहमति भएको छ।
निर्वाचनको मत परिणाम आएसँगै गठन हुने प्रतिनिधि तथा प्रदेशसभा संसदले राष्ट्रपति र उपराष्ट्रपतिलगायत झण्डै ३ दर्जन पदाधिकारी निर्वाचित गर्नेछ।
रवि लामिछानेले यसअघि दार्चुलामा भएका घटनाको स्मरण गर्दै वर्षौंसम्म भारतसँग निरीह हुनुको कारण के होला भन्दै सरकारमाथि प्रश्नसमेत गरेका छन्।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ।
१४ औँ महाधिवेशनबाट तितरबितर हुनथालेको कांग्रेसभित्रको सिटौला गुट यसपालिको निर्वाचनको नतिजासँगै अस्तित्वमा देखिने सम्भावना निकै कम रहेको कांग्रेस नेताहरू नै बताउँछन्।
माओवादीले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जनाधार कमजोर हुँदै गएको नेताहरूको बुझाइ छ।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेले खानेपानी, सडक निर्माणजस्ता काममा श्रमदान गरेका तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा कतिपयले जिम्मेवारी भुलेर 'पपुलिस्ट' हुने बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्।
माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको विकल्प नसोचेको बताएका छन्। उनले सरकार निर्माण तथा निर्वाचन समीक्षा भोलि बस्ने गठबन्धनको बैठकले गर्ने बताए।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गर्दै चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो।
श्रममन्त्री शेरबहादुर कुँवरले देशमै रोजगारी दिन नसकिएको बताएका छन्। उनले सरकार स्वदेशमै रोजगारी दिन प्रतिबद्ध रहेको जिकिर गरे।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतका अनुसार आइतबार या सोमबार गठबन्धनकाे बैठक बस्ने छ।
नयाँ सरकार गठनका बारेमा छलफल गर्न आइतबार दिउँसाे २ बजे माओवादी पदाधिकारी बैठक बस्दैछ।
अध्यक्ष नेपाल र उपसभापति खड्काबीचको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।