काठमाडौँ– ४ बाट निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अहिलेको चुनावी परिणाममा देशमा नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका छन्।
बाजुरामा आइतबार निर्वाचनका क्रममा दुई युवाले ज्यान गुमाएको घटना कांग्रेस र एमालेको ‘बुथ कब्जाबाट चुनाव जित्ने’ प्रयासको नतिजा थियो। बाजुरामा कांग्रेस–एमालेले जहिल्यै बुथ कब्जाको प्रयास गरिरहन्छन्।
गृहसचिव सिंहले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताए।
प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरू बीचमा छलफल नभएको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।
बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।
गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।
हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
मतदानलाई अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका सचिव सिंहले बताए।
काठमाडौँका कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूको चहलपहल कम देखिएको छ।
आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले दीपक मनाङलाई २५ हजार जरिबाना तिराउने निर्णय गरेको छ।
प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनमा देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर भएर उम्मेदवार बन्न नपाएका शिवपुजनले छोरालाई गाउँपालिका अध्यक्ष मात्र बनाएनन्, श्रीमतीलाई माओवादीको समानुपातिक र छोरीलाई सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईले मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहमा वर्गीकरण गरिएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका मात्र होइन केन्द्रीय समितिमा पनि यसअघि राजनीतिमा लागेका व्यक्ति नहुँदा आमनागरिकमा ‘देखाउने अनुहार’ रवि लामिछाने मात्र छन्।
अमेरिकी नागरिकता लिएपछि त्यसलाई नत्यागेको र पुनः नेपाली नागरिकता नलिएको विवादमा मुछिएका रवि लामिछानेमाथिको आरोप पुष्टि भएमा उनको उम्मेदवारी मात्र खारेज हुँदैन, नागरिकतासम्बन्धी कसुर पनि लाग्न सक्छ।
अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।