उनीहरूले गठबन्धनको स्पष्ट बहुमतबाट नै आगामी सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने अपिलमा भनेका छन्।
टीकापुर घटनाका पीडितको सहानुभूति बटुलेर चुनावमा शक्ति बटुलिरहेको नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको असन्तुष्टि संकेत गरेको छ। बेलैमा विचार नपुर्याए त्यो असन्तुष्टिको विष्फोट अकल्पनीय हुनसक्छ।
एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्न र देश लुटेर खानका लागि बनेको दाबी गरे। सो गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने उनले जिकिर गरे।
मधेश राजनीतिको बलियो शक्ति जसपाले पार्टी, संसद् सबैतिरको भूमिकामा यादवहरुको बर्चस्व कायम गरिरहँदा प्रमुख पार्टीहरुसमेत त्यसैलाई पछ्याउँदैछन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।
एमाले अध्यक्ष ओलीले वर्तमान शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेर जनतामा समृद्धि ल्याउन सकिने बताए।
आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले ‘जनताको महाअभियोग आयोग’को नामबाट खाँणविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिए।
लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुने बताए।
पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।
मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।
अदालतले रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले काउन्सिलबाट अस्थायी प्रकृतिको सुविधा लिएको ठहर गर्दै निर्वाचन आयोगको निवेदन माग बमोजिम यसअघिको आदेश बदर गरिराख्न नपर्ने भनेको छ।
पृथकतावादी आन्दोलनको बाटो छाडेर चुनावी राजनीतिमा आएका राउत जनमत पार्टीलाई स्थापित गराउन मधेशका अन्य दलविरुद्ध आक्रामक भइरहेका छन्। उनी किन आफ्नो पार्टी जसपा र लोसपाभन्दा ठूलो हुने दाबी गरिरहेकाछन्?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मंसिर ४ गते संविधानको रक्षक र विरोधीबीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने सहभागी चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ। आक्रमणकारी सत्ता गठबन्धनका कार्यकर्ता रहेको आरोप रास्वपाको छ।
प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।
बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।
नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।
संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।