AnonymousUser

Logout

आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बन्छ : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पछिल्लो पुस्तालाई देशले हारेको थियो, जित्न बाँकी छ भनेर सिकाउनुपर्ने बताउँछन्।

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।

कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेता थापाले दिए राजीनामा

कांग्रेसबाट विद्रोह गरेका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। 

केदार कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौँ: प्रधानमन्त्री 

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले केदार कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका छन्।

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

एमालेले राम्रो काम गर्नेबित्तिकै विरोधीको टाउको दुख्छ : ओली 

एमाले अध्यक्ष केपी शर्मा ओलीले इमान र सत्यको शत्रु आफ्ना विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताए।

कांग्रेसले शेखरसँगको छलफलपछि मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने

कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए।

कोशीमा मुख्यमन्त्री नियुक्ति प्रकरण: प्रदेश प्रमुखले सनाखतका लागि डाके सबै प्रदेशसभा सदस्यलाई

मुख्यमन्त्रीका दाबीकर्ताले ४७/४७ सदस्यहरूले समर्थन गरेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले सबै सांसदहरूलाई उपस्थित गराएर सनाखत गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

दबाब, तनाव र चुनौतीका बीचमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताएका छन्।

केदार कार्कीसहितका बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा

कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्।

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन: शशांक कोइराला

नेता–कार्यकर्ता एकजुट कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने नेता शशांक कोइरालाको भनाइ छ।

प्रतिनिधिसभाको बैठक कात्तिक १२ गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक आगामी कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। 

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

सांसदहरूले हवाई तथा स्थलमार्गको यात्रा सहज बनाउन, टिकटमा भइरहेको कालोबजारी रोक्न, बजारको प्रभावकारी अनुगमन गर्न सकारको ध्यानाकर्षण गराएका छन्।

मुख्यमन्त्रीको दाबी फिर्ता लिन कार्कीसहितका सांसदलाई कांग्रेसको आग्रह

कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।

टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजनासम्बन्धी सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको छ।

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड

सांसद डा. विमला राई पौड्यालले अपांगता भएका व्यक्तिलाई नीति निर्माण र निर्णय प्रक्रियामासमेत सहभागी गराउनुपर्ने बताइन्। 

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

मस्यौदा समितिले राष्ट्रियसभा तथा समिति सञ्चालनका क्रममा देखापरेका कठिनाइ पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गर्नेछ। 

कोशी सरकार गठनमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका विषयमा बैठकमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कोशीमा कांग्रेसले बोलायो प्रदेश कार्यसम्पादन समितिको बैठक 

शेखर समूहले  एमालेसँग मिलेर गरेको विद्रोहबारे निर्णय गर्न कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।