प्रधानन्यायाधीश कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालय न्यायाधीश बिनाको हुने अवस्था आएको बताएका छन्। समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको उनको भनाइ छ।
कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।
एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।
द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न संसद्मा विचाराधीन टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिएका छन्।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका छन्।
पूर्वसभामुख दमननाथ ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई ओझेलमा पार्न ललिता निवास प्रकरण र यसलाई पनि ओझेलमा पार्न सुन प्रकरण सतहमा आएको कांग्रेस नेता शेखर कोइरालाको भनाइ छ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
समितिको बैठकमा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए।
संसदीय सुनुवाइ समितिले यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको छ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ।
१०० किलो सुन तस्करी अनुसन्धानमा सीआईबीलाई बाहिर राखेर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जिएको कोइरालाले बताएका छन्।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्रीमा कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी छन्। नागरिक उन्मुक्तिका कैलाश चौधरी राज्यमन्त्री भएका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले एक महिनामा दोस्रोपटक शपथ लिएका छन्। सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।
सरकारले दिने भुक्तानी रोकिएको भन्दै ठेकेदारले नापी नापी काम गर्दा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नभएको सभामुख घिमिरेले बताएका छन्।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा धेरै १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता बागमती प्रदेशमा रहेका उल्लेख छ।
बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन्।
संसदीय समितिको मंगलबारको बैठकमा प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा समावेशी चरित्र नदेखिएको भन्दै सांसदले प्रश्न उठाएका थिए।